टुँडिखेलमा काँठे लोकदोहोरी महोत्सव

काठमाडौं । फागुन १६ गतेदेखि काठमाडौंको टुँडिखेलमा ‘काँठे लोकदोहोरी महोत्सव सुरु भएको छ । आजबाट सुरु भएको महोत्सव आगामी २० गते सम्पन्न हुने आयोजक समितिले जनाएको छ । काँठे महोत्सवलाई काठ क्षेत्रको उपलब्धीको रूपमा लिएको पाइन्छ । सांस्कृतिक आधारमा हुन गइरहेको उक्त काँठे लोकदोहोरी महोत्सवको एउटा विशेषता हो ।

नेपाल एकीकरण पूर्वको नेपाल खाल्डो जस्लाई पछि नेपाल उपत्यका कान्तिपुर, ललितपुर, कीर्तिपुर, भक्तपुरलगायतको राज्यको भू–भाग चार भञ्ज्याङ भित्र ललितपुर पार्टी भञ्ज्याङ, भक्तपुरको साँगा भञ्ज्याङ, काठमाडौं, नुवाकोटको रानीपौवा, थानकोट भित्रको भागलाई काँठ क्षेत्रका रूपमा लिइएकाले पनि यस महोत्सवको आयोजना गरिएको बताइएको छ ।

प्रतिक्रिया