प्रभु बैंकको नयाँ निक्षेप योजना

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न कलेज अध्ययनरत विद्यार्थीहरू तथा कर्मचारीहरूलाई लक्षित गर्दै आकर्षक सेवा सुविधासहित प्रभु गुडलक सेभिङ नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । शुन्य मौजदातमा खाता खोल्न सकिने प्रभु गुडलक सेभिङ खाता खोल्नासाथै उक्त खातामा बैंकको तर्पmबाट १ सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था मिलाईएको छ । प्रभु गुडलक सेभिङ योजनाअन्तर्गत खाता खोल्ने खाता धनीहरूलाई वार्षिक ६ दशमलव ५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो सेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायतका सेवाहरू निःशुल्क रूपमा उपलब्ध हुनेछन् ।

प्रभु गुडलक सेभिङ अन्तर्गत खाता खोल्ने खाता धनीहरूलाई बैंकले आप्mनो सहायक कम्पनी प्रभु क्यापिटलसँगको आवश्यक समन्वय तथा सहकार्यमा सम्बन्धित कलेज तथा विश्वविद्यालयहरूमै गएर पुँजीबजारसँग सम्बन्धित लगानीका अवसरहरू बारेमा व्यवहारिक ज्ञान तथा यथार्थपरक परामर्श प्रदान गर्ने व्यवस्था रहेको छ । बैंकको यस प्रभु गुडलक सेभिङमा सहभागी हुने विद्यार्थीहरूलाई आप्mनो अध्ययन सँगसँगै आर्थिक आत्मनिर्भरतातर्फ अग्रसर हुने अवसरसमेत मिल्ने बैंकको दाबी छ ।

प्रतिक्रिया