अडियो प्रकरणमा गोकुल बास्कोटा जिल्ला अदालत पुगे

काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा काठमाडौं जिल्ला अदालत पुगेका छन् । जिल्ला अदालत पुगेर बास्कोटाले विजयप्रकाश मिश्रविरुद्ध गाली बेइज्ज्तीको मुद्दा दायर गरेका छन् ।

आफुविरुद्ध झुटो आरोप लगाएको भन्दै शुक्रबार आफ्नो प्रतिनिधिमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको सामाजिक सञ्जालमा लेखेका छन् ।

मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक गरेका थिए । उक्त कमिसन अडियो सार्वजनिक भएलगत्तै बास्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया