दुर्घटनामा गम्भीर घाइते नेता मैनाली खतरामुक्त

काठमाडौं । हिजो दुर्घटनामा परेर गम्भीर घाइते भएका नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सीपी मैनाली खतरामुक्त भएको अस्पताल स्रोतले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मैनालीलाई थप उपचारका लागि बिहीबार सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

दुर्घटनामा मेनालीसहित छोरा सरोज, बुहारी पूजा ढुंगाना मैनाली, पाँच वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका थिए । धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत मैनालीको उपचारमा संलग्न चिकित्सकले उक्त जानकारी दिए ।

बिहीबार महोत्तरीको बर्दिबासस्थित रातु पुलमा मैनाली सवार बा ४ च २१२० नम्बरको कार र विपरित दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक–आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

प्रतिक्रिया