भ्रमण वर्ष स्थगित गर्नु बुद्धिमानी

प्रदीप उप्रेती

विदेशी पाहुनालाई सम्मोहित गर्न सक्ने संस्कृतिको विकासले पयर्टन प्रवद्र्धनको क्षेत्रमा उल्लेख्य सुधार आउने देखिन्छ । तर, यसका लागि सम्बद्ध समूहको जनस्वास्थ्य प्रति पनि विशेष ख्याल राख्नुपर्ने हुन्छ । नोबल कोरोना भाइरसको त्रासका कारण भ्रमणवर्ष सन् २०२० लाई ऋणात्मक प्रभाव पार्ने देखिएमा केही समयको लागि यस कार्यक्रमलाई स्थगन गर्नु स्वदेशी एवं विदेशी पाहुनाको हितमा रहनेछ ।

पर्यटन क्षेत्रको विकास मार्फत नेपाल र नेपालीको चिनारी विश्वजतमा गराउने सुउद्देश्यका साथ नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउन सुरू गरेको छ । जसको पूर्ण सफलताको लागि २० लाख भन्दा बढी पर्यटकलाई भित्र्याउने लक्ष्य राखेको पाईन्छ । राज्यद्धारा सञ्चालनमा ल्याईने यस प्रकारका गन्तव्य केन्द्रित भ्रमण वर्षको सफलताले निश्चित रूपमा मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक नतिजा देखाउन सक्षम रहनेछ भन्ने विश्वास लिन सकिन्छ ।

परिणामुखी नतिजा प्राप्तिको लागि स्वदेश भित्रिएका आगन्तुक समूहलाई अथिति सत्कारको अनौठो स्वाद पस्कने सक्ने वातावरणलाई प्रोत्साहित गर्ने रणनीतिलाई आत्मसाथ गर्नुपर्ने हुन्छ । किनकि, विश्वमा नै अलौकिक रहेको नेपालको मौलिक संस्कृतिको पहिचानको साथै प्राचिन कला सभ्यताका अिितरक्त हाम्रा चाढपर्वहरू विदेशी पाहुनाको लागि मनमोहक पार्ने उपयूक्त साधन हुन् । विश्वमा नै विरलै मात्र भेटिने मौलिककला संस्कृतिसँग प्रत्यक्ष साक्षत्कार गर्न पाउदा सम्बद्ध समूहले पूर्वीय र पाश्चात्य समूहको समिश्रणको रसास्वादनको आन्नन्द प्राप्त गर्दै निश्चित रूपमा नेपालको पर्यटनक्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्न सामथ्र्य रहनेछन् ।

यस कार्यको सफलताको लागि पर्यटन व्यवसायसँग आबद्ध रहने क्षेत्रको बजार विविधीकरण गर्दै समय सापेक्ष सुधार गर्ने रणनीतिलाई आत्मसाथ गर्ने प्रवृत्तिको विकासले पर्यटकको संख्यामा उल्लेख्यनीय वृद्धि गर्न ठूलो सहयोग पुग्ने देखिन्छ । यसका लागि अथितिहरूको अभिरूचिलाई विशेष ध्यानमा राखी कार्य गर्नुपर्ने हुन्छ । साथै एक्काइसौँ शताब्दिको आधुनिक सूचना प्रविधीलाई सहयात्रीको रूपमा लिई सूचनामूलक जानकारीको लागि आवश्यक पर्ने सूचनासँग आबद्ध रहने वेबसाइट, इमेल, छापापत्रिकाका माध्यमबाट व्यापक रूपमा प्रचार प्रसार गर्दै अन्तरदेशीय पर्यटकलाई नेपाल भ्रमणका लागि निम्तो पठाउन सकिनेछ । यस प्रकारको क्रियाकलापबाट भ्रमणको सुनिश्चितता कायम गर्ने विश्वसनीय आधार तयार हुनेछ । जसको पूर्ण सफलताको लागि भ्रमणयोग्य क्षेत्रको चिनारी सहितको प्राकृतिकता सौर्दयता एवं मौसमको बारेमा सूचनामूलक जानकारीलाई प्रमुख प्राथमिकतामा राखेर कार्य गर्नुपर्ने हुन्छ ।

यस प्रकारका सकारात्मक कार्यको विकासले नयाँ र पुराना पर्यटकको संख्यामा वृद्धि भई भ्रमणको सान्दर्भिकता प्रस्ट्याउन सक्ने आधार खडा हुने देखिन्छ । जसको मूल लक्ष्य भनेको नेपाल भ्रमणको समयमा वसाईको अवधी लम्बाई बैदेशिक मुद्रा आर्जन गर्नु नै हो । यस कार्यको सफलताको लागि मित्तव्ययी पर्यटकको तुलनामा खर्चालु पर्यटकको समूहलाई भ्रमणको लागि उत्साहित गर्नुपर्ने हुन्छ । जसका लागि पर्यटन प्रवद्र्धन एवं संरक्षण गर्दै त्यस सन्दर्भमा सशक्त भूमिका निभाउन सक्ने साहसिक खेलको विकास र विस्तारमा विशेषध्यान दिने हो भने अवश्य पनि पर्यटकको मन जित्न सफल भइनेछ ।

विदेशी पाहुनालाई सम्मोहित गर्न सक्ने संस्कृतिको विकासले पयर्टन प्रवद्र्धनको क्षेत्रमा उल्लेख्य सुधार आउने देखिन्छ । तर, यसका लागि सम्बद्ध समूहको जनस्वास्थ्य प्रति पनि विशेष ख्याल राख्नुपर्ने हुन्छ । किनकि आज विश्वसमुदायमा देखिएकोे संक्रमित नोबल कोरोना भाईरसको त्रासका कारण भ्रमणवर्ष सन् २०२० लाई ऋणात्मक प्रभाव पार्ने देखिएमा केही समयको लागि यस कार्यक्रमलाई स्थगन गर्नु स्वदेशी एवं विदेशी पाहुनाको हितमा रहनेछ । जसले अन्तराष्ट्रिय क्षेत्रमा नेपाल आन्तिरक तथा बाह्य जनसमुदायको स्वास्थ्यप्रति कतिको संवेदनशील रहेको छ भन्ने तथ्यलाई प्रमाणित गर्ने अवसर प्राप्त हुनेछ ।

हुनतः यस प्रकारका भ्रमण वर्षको आयोजना नेपालको लागि कुनै नौलो प्रसंग पक्कै पनि होईन । किनकि यसभन्दा अगाडि पनि यस प्रकारको कार्यक्रमले निरन्तरता प्राप्त गरेको थियो । यद्यपि तिनले आफ्नो लक्ष्य अनुसारको प्रगति हासिल गर्न सकेको भने पाईएन । त्यसो भएको हुदा नेपाल भ्रमण वर्ष सन् २०२० ले अघिल्ला भ्रमण वर्षको जस्तै नियति भोग्न नपरोस् भन्नाको खातिर विशेष शतर्कता अपनाउदै कार्य गर्नुपर्ने हुन्छ । विश्व जगतलाई जस्तो सुकै असहज परीस्थितिमा पनि सहज रूपमा कार्य गर्न सक्ने नेपाल र नेपालीको उत्साहपूर्वक जागर, अदम्य साहसको बखान गर्दै नेपाल भ्रमण वर्षको सदुपयोग गर्न सर्वपक्षिय सहयोगको लागि अपिल गर्नुपर्ने हुन्छ । पर्यटकीय विकासको क्षेत्रमा भएको सकारात्मक कार्यको व्यवस्थापनले केही हदसम्म मुलुकको आर्थिक विकासको क्षेत्रमा पनि राहतको महसुस गर्न सकिने अवस्था प्रारम्भ हुने देखिन्छ ।

यस क्षेत्रमा रहेको कमी कमजोरीको पहिचान गर्दै दिगो आर्थिक विकास एवं समृद्धिको लागि सहकार्यको भूमिका निभाउन यस प्रकारका भ्रमणहरू कोसेढुंगा साबित हुने देखिन्छ । यसका अतिरक्त अमुक रूपमा केही हदसम्म मुलुकमा व्याप्त रहेको बेरोजगारी समस्या समाधान गर्न राज्यलाई न्यून रूपमा भए पनि सहयोगीको भूमिका निर्वाह गर्नेछ । तसर्थ ः सामाजिक सद्भाव अभिवृद्धि गर्ने कार्यमा अन्य क्षेत्रमा जस्तै पर्यटनको क्षेत्रमा पनि विदेशी पाहुनाको स्वतन्त्रताको प्रत्याभूति कायम गरिनु पर्ने हुन्छ । परिणामत ः भ्रमणका लागि स्वदेश भित्रीएका पर्यटकहरू जबसम्म स्वतन्त्र एवं निर्भयतापूर्वक विचरण गर्न सक्ने अवस्था प्रारम्भ हँुदैन त्यस वेलासम्म पर्यटकीय यात्राको उच्चत्तम आनन्द प्राप्त गर्न सक्दैनन् भन्ने प्रचलित मान्यता रहँदै आएको तथ्यलाई मनन गर्दै कार्य गर्नुपर्ने हुन्छ ।

अत ः यस क्षेत्रको विकासको लागि सामाजिक सद्भावको महत्वपूर्ण भूमिका रहँदै आएको छ । किनकि, सद्भावको विकासले एक आपसमा मैत्रिपूर्ण भावको अभिवृद्धि गराई पाहुनाको स्वागतका लागि आतुर रहने सस्कृतिको विकासलाई हौसला प्रदान गर्ने अवस्था पैदा हुनेछ भन्न सकिन्छ । यदि वैदेशिक आगन्तुकसँग सामाजिक सम्बन्धको विकासमा असफल रहन्छौ भने त्यहाँ निश्चित रूपमा अराजकताले प्रोत्साहन पाई हिम्साजन्य अवस्था सिर्जना हुने देखिन्छ । जसले पर्यटन प्रवद्र्धनको क्षेत्रमा ऋणात्मकताको अवस्था पैदा गर्नेछ । तसर्थ बाह्य संस्कृतिका आगन्तुकलाई भ्रमणको सन्तुष्टि एवं ग्यारेन्टी प्रदान गर्नु नै यस क्षेत्रको विकासलाई प्रोत्साहित गर्नु हो ।

पर्यटन प्रर्वद्धनका अतिरक्त अन्तरदेशीय सामाजिक सद्भावको अभिवृद्धि गर्दै विविध अन्तर्राष्ट्रिय भाषागत, जातिगत एवं रंगभेदका विविधतालाई एक–आपसमा ऐक्यवद्ध गराउदै भिन्न परीवेश भित्रको आपसी भाइचारा र विश्वबन्धुत्वको प्रेमलाई सामाजिक सद्भावको प्रभावले समाहित गर्ने हो भने नेपालमा पर्यटन विकासको प्रचुर सम्भावना रहने छ । जसका लागि अथिति सत्कारको मूल्य एवं मान्यतालाई पालना गर्ने प्रतिवद्धता जाहेर गर्नुको साथै उनीहरूको अपेक्षाभन्दा अतिरक्त व्यवस्थापनको लागि इमान्दारीपूर्वक सदैव तयार रहनुपर्ने हुन्छ । जसले गर्दा पर्यटकवर्गमा भ्रमणको लागि उपयुक्त वातावरण तयार हुनेछ । जुन निश्चितरूपमा नेपाल भ्रमण वर्ष सन् २०२० को लक्ष्यको लक्ष्य हुनेछ ।

प्रतिक्रिया