महासचिव मैनालीको अवस्था खतरामुक्त

काठमाडाैं । सवारी दुर्घटनामा परी घाइते हुनुभएका नेकपा ९माले०का महासचिव सिपी मैनालीको अवस्था खतरामुक्त रहेको छ ।

काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उहाँको दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको र शरीरमा भित्री चोट नभएको चिकित्सकको भनाइ उद्धृत गर्दै मालेको खेलकुद विभाग प्रमुख शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

‘अहिले अवस्था सामान्य छ, बाहिरी भागमा चोटपटक लागेको छ’, चिकित्सकको भनाइ उद्धृत गर्दै उनले भने,  ‘सिटी स्क्यान गर्दा भित्री अङ्गमा चोटपटक लागेको देखिएको छैन ।’ मैनालीको निधार र घाँटीमा चोट लागेको पोखरेलले जानकारी दिए । प्रारम्भिक स्वास्थ्य परीक्षण रिपोर्टमा उहाँका अवस्था सामान्य देखिएको छ । ‘अहिले महासचिव सामान्यरुपमा बोलचाल गरिरहनुभएको छ,’ उनले भने ।

भाइको छोरीको विवाहमा गएर झापाबाट काठमाडौँ फर्कदै गर्दा महासचिव मैनाली विपी राजमार्गको सिन्धुली क्षेत्रमा दुर्घटनामा परेका थिए । उनी सवार बा७च २१२० नम्बरको जिपलाई विपरीत दिशाबाट गइरहेको ना४च ७६८० नम्बरको भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा मनौलीका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका हुन्हुर ।

दुर्घटनालगत्तै घाइतेको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार गरिएको थियो । थप उपचारका लागि उहाँहरुलाई ग्राण्डी अस्पतालमा ल्याइएको हो । अहिले अस्पतालमा मालेका नेता कार्यकर्ताको भीड लागेको छ ।

प्रतिक्रिया