स्याङजा र ललितपुरमा सिद्धार्थ बैंकको नँया शाखा

काठमाडौं । सिद्घार्थ बैंकले  स्याङजाको वालिङमा र ललितपुरको हात्तीवनमा दुई नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १८२ (३ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, २०४ एटिएम र मार्फत उच्चस्तरिय बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया