रोल्पाको माडीमा एनएमबिको शाखा

काठमाडौं । एनएमबि बैंकले रोल्पाको माडीमा आफ्नो १६४औं शाखा सञ्चालनमा ल्याएको छ । उर्जामन्त्री वर्षमान पुन र पवनकुमार गोल्याण, अध्यक्ष, एनएमबि बैंकले माडीमा बैंकको नयाँ शाखाको संयुक्त रूपमा उद्घाटन गरे ।

२४ वर्षदेखि ग्राहक सेवामा समर्पित एनएमबि बैंकले नविनतम् सेवा तथा सुविधाद्वारा ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्यका साथ यस शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले हाल देशभरि छरिएर रहेका आफ्ना १६४ शाखा सञ्जाल, १३१ वटा एटिएमहरू लगायत अन्य बैकल्पिक वितरण प्रणालीे समेतको माध्यमबाट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया