फोर्ड एन्डेभर २०२० संस्करण नेपाली बजारमा

काठमाडौं । फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता जिओ अटोमोबाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । बिएस–सिक्स प्रदुषण नियन्त्रणमा आधारित २०२० एन्डेभर ४–४ टाइटेनियम प्लस भेरियन्ट नेपाली बजारमा उतारेको हो । विश्वको पहिलो १०–स्पिड स्वचालित ट्रान्समिसन भएको यस गाडीमा नयाँ २ लिटर ईकोब्लू डीजेल इन्जिन राखिएको छ । यसले १७० पीएस पावर र ४२० एनएम टर्क पैदा गर्छ र यो अफरोड तथा उपरखापड सडकमा पनि सजिलैसँग चलाउन सकिन्छ ।

उत्कृष्ट पर्फरमेन्स र अनुकूलमूल्यका साथ नेपालमा यो कार भित्रिएको छ । विश्वको पहिलो १० स्पीड स्वचालित ट्रान्समिशनयुक्त यो कार सेलेक्ट सीफ्ट टेक्नोलोजी युक्त सेग्मेन्टको पहिलो गाडी हो साथै चाहेको दायरामा रहेरगियर लक गने सुविधा पनि यसमा रहेको छ । पूर्ण सुरक्षा मापदण्ड पूरा गरी निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट छ । यसमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ । यसले गाडीभित्रको ध्वनिको उत्सर्जनलाई कम गर्ने प्रविधिको पनिप्रयोग गरिएको छ, साथै आरामदायी, समानान्तर पार्क सहायता लगायतका फिचरहरू यसमा राखिएका छन् ।

१४ प्रतिशतसम्म इन्धन खपतमा सुधार गरिएका, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ सेवा, उत्कृष्ट पर्फरमेन्सका साथ २०२० एन्डेभर एसयूवी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभूत्व स्थापित गर्ने आशा राखेको छ । एसयूवी चालकले अपेक्षा गरेभन्दा बढी सुविधाहरू भएकाले एसयुबी पारखीहरूको यो पहिलो रोजाइ बन्नेमा कम्पनी विश्वस्त छ ।

प्रतिक्रिया