कमिसन डिलको अडियो बास्कोटाकै हो भन्ने प्रमाण छैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका पूर्वसञ्चार, तथा प्रविधिमन्त्री गोकुल बास्कोटको प्रतिरक्षा गरेका छन् ।

बिहीबार काठमाडौंमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त अडियो बास्कोटाकै भएको प्रमाण नभएको दाबी गरे ।

‘अहिलेसम्म टेप प्रकरण प्रमाण छैन, बास्कोटाले होइन भनिरहनु भएको छ,’ उनले भने, ‘स्वीस राजदूतावासले ‘फ्रड’ हो भन्यो, आफ्नो नाममा बात लागेकाले राजीनामा दिनुभयो, भ्रष्टाचार प्रमाण भए जस्तै प्रचार गर्नु आवश्यक छैन।’

प्रधानमन्त्री ओलीले आफू र बास्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीलाई ‘पत्रु’को संज्ञा दिए । ‘आरोप भएको पुष्टि छैन्,’ उनले भने, ‘काम नलाग्ने पत्रु उजुरीको के काम त्यो भ्रष्ट उजुरी हो।’

प्रतिक्रिया