दुर्घटनाका घाइते नेता मैनालीलाई काठमाडौं ग्राण्डी अस्पताल ल्याइयो

काठमाडौं । महोत्तरीमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीसहित परिवारका पाँचै जनालाई काठमाडौं ल्याइएको छ ।

बर्दिबासमा सामान्य उपचारपछि मैनालीका छोरा सरोज, बुहारी पूजा, पाँच वर्षीय नाति र चालक रामप्रसाद पौडेललाई हेलिकप्टरमार्फत् काठमाडौं उनीहरुको ग्राण्डी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

झापाबाट काठमाडौं आउँने क्रममा मैनाली परिवार चढेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको गाडी ठोक्किएर बर्दिवास नगरपालिका– ३ कालापानीस्थित बिपी राजमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा सीपीको टाउको र शरीरको अन्य भागमा गम्भीर चोट लागेको र पूजाको खुट्टा भाँचिएको छ ।

प्रतिक्रिया