माले महासचिव सीपी मैनाली दुर्घटनामा घाइते

काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनाली सवार गाडी महोत्तरीमा दुर्घटना भएको छ ।

पूर्वपश्चिम राजमार्गको बर्दिबासस्थित रातुको पुलमा उनी सवार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार मैनाली सवार बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएर दुर्घटना भएको हो ।

मैनालीको खुट्टा फ्याक्चर हुनुका साथै शरीरका विभिन्न स्थान भागमा चोट लागेको छ। हाल बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेका उनलाई थप उपचारका लागि काठमाडौं ल्याइने तयारी भइरहेको प्रहरीले जनाएको छ । मैनाली पार्टी कार्यक्रमको सिलसिलामा त्यहाँ पुगेका हुन् ।

प्रतिक्रिया