इटालीमा पनि कोरोना भाइरस, चार सय संक्रमित

रोम । विश्वभर फैलिएको कोरोना भाइरसले इटालीमा पनि संक्रमितका कारण बिरामीको संख्या चार सय पुगेको छ । रोकथामका अनेक उपाय लगाउँदा पनि अचानक युरोपमा संक्रमण फैलिएकोमा चिन्ता व्यक्त गरिएको छ ।

यूरोपमा सबैभन्दा बढी इटाली नै प्रभावित भएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार चीनपछि सबैभन्दा छिटो संक्रमण फैलिएको इटालीमा हो । विश्वभर ४० देशका ८० हजार भन्दा धेरै मानिसलाई कोरोना भाइरस संक्रमण लागेको छ ।

२०१९ को डिसेम्बरदेखि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस महामारीकै ररूपमा फैलिएको छ । अहिलेसम्म २ हजार ७ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै चिनियाँ नै छन् । इटालीमा बुधबार ह्वात्तै कोरोना संक्रमण फैलिएपछि उच्च सतर्कता अपनाउन थालिएको छ ।

प्रतिक्रिया