काठमाडौंको दक्षिणकालीमा सप्ताह सुरु

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित वडा न– ३ सोखेल भञ्ज्याङ्गमा यही फागुन १२ गतेदेखि सप्ताह सुरु भएको छ । श्री बुद्धिविनायक मन्दिर संरक्षण तथा श्रीमद्भागवत ज्ञान महायज्ञ व्यवस्थापन समितिले आयोजना गरेको उक्त समारोहमा सम्पूर्ण भक्तजनलाई निमन्त्रणा गरिएको छ ।

गत फागुन १२ गतेदेखि सुरु भएको सो महायज्ञ १८ गते समापन हुने आयोजक समितिले जनाएको छ । उक्त बुद्धिविनायक मन्दिर संरक्षण गर्नका लागि महायज्ञको आयोजना गरिएको हो । महायज्ञमा वाचनको लागि पण्डित जगनाथ पौडेल र गोविन्दप्रसाद पौडेलको मुखारवृन्दबाट वाचन सुरु गरिएको हो ।

प्रतिक्रिया