भारत बजेट विषयक गोष्ठी सम्पन्न

वीरगञ्ज । भारतीय महावाणिज्यदूतावास वीरगञ्जको आयोजनामा स्थानीय होटल भिसुवामा ०२० र २१ का लागि आएको भारतको युनियन बजेटले नेपाली आयत निर्यात निवेदकर्ताहरूका लागि निम्त्याएको अवसर विषयक गोष्ठी सम्पन्न भएको छ ।

महावाणिज्यदूतावास वीरगञ्जका कन्सुलर नितेश कुमारको अध्यक्षता तथा प्रदेश–२ का उद्योग तथा पर्यटन मन्त्री राम नरेशराय यादवको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो । मन्त्री यादवले नेपाल र भारतबीच आर्थिक व्यापारी प्राकृतिक सम्बन्ध राम्रो हुनुपर्ने बताएका छन् । नेपाल भारत सदियौँदेखि रोटी, बेटी, भाषा तथा संस्कृति उस्तै भएकोले यसलाई थप मजबुत बनाएर जानुपर्ने मन्त्री यादवको भनाइ रहेको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, नेपाल–भारत मञ्चका अध्यक्ष अशोक बैधे, कन्सुलर डा. कोटराज स्वामी, कन्सुलर सुरेश कुमार, वीरगञ्ज कलेजका डाक्टर दीपेन्द्र चौधरी, वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधवराज पाल, प्राध्यापक विनोद गुप्ता, रमेश अग्रवाल लगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण विवेक कर्णले गरेका थिए ।

प्रतिक्रिया