जनयुद्धको मनोविज्ञान

विजय कुमार गुप्ता

युद्धले निम्त्याएका घाउचोटहरू दशकौँसम्म रहिरहन्छन् । धेरै हदसम्म हो पनि । हामीकहाँ युद्धको गहिरो चोट अझै बाँकी छ । हाम्रो युद्ध अरूले थोपरेको युद्ध नभएर हाम्रो आन्तरिक घरेलु युद्ध थियो । आन्तरिक तथा बाह्य मिलोमतोमा गरिने सबै प्रकारका शोषण, विभेद, अन्याय, अत्याचार विभेदका विरूद्ध सशस्त्र विद्रोह, जसलाई माओवादीहरूले जनयुद्ध भन्ने नाम दिएका थिए ।

तत्कालीन राजनीतिक व्यवस्थासँग असहमति जनाउँदै नेकपा (माओवादी)ले ०५२ साल फागुनमा जनयुद्ध सुरु गरे । स्वतन्त्रता विनाको समाजको हिजोको अवस्थामा निरंकुशतन्त्रले जब सबै सीमा नाघ्यो त्यसका विरूद्ध राजनीतिक पार्टीहरूले विभिन्न समयमा हतियारबद्ध संघर्ष गरे । चाहे त्यो राणाविरोधी नेपाली कांग्रेसले गरेको सशस्त्र संघर्ष होस् वा पञ्चायत विरोधी झापा विद्रोह । चाहे २०४६ सालको पहिलो जनआन्दोलन होस् वा ग्रामीण क्षेत्रबाट सामन्तवादको जरा काट्दै त्यसलाई समाप्त पार्न निर्णायक रूपले भूमिका खेल्ने दसवर्षे जनयुद्ध । युद्ध थरिथरीका हुन्छन् ।

युद्धले विनास निम्त्याउँछ, आर्थिक वृद्धि घटाउँछ, सामाजिक विकृति बढाउँछ । युद्धले निम्त्याएका घाउचोटहरू दशकौंँसम्म रहिरहन्छन् । धेरै हदसम्म हो पनि । हामीकहाँ युद्धको गहिरो चोट अझै बाँकी छ । हाम्रो युद्ध अरूले थोपरेको युद्ध नभएर हाम्रो आन्तरिक घरेलु युद्ध थियो । आन्तरिक तथा बाह्य मिलोमतोमा गरिने सबै प्रकारका शोषण, विभेद, अन्याय, अत्याचार विभेदका विरूद्ध सशस्त्र विद्रोह, जसलाई माओवादीहरूले जनयुद्ध भन्ने नाम दिएका थिए । सामन्तवाद र नवउदारवादी पुँजीवादको एकाधिकारवादी क्रियाकलापविरूद्ध लडाइँ छेडेर युद्धले समाजका हरेक तह र तप्काका मानिसलाई आफूलाई शक्तिशाली ठान्ने जोसुकै, जस्तोसुकै मानिस वा समहुको अत्याचार र फटाइँकाविरूद्ध खुलेर बोल्न सिकायो । दलित, जनजाती, मधेसी, महिला सबैको हकमा बोल्न आवाज माओवादी जनयुद्धले दिएको हो भन्न हिचकिचाउनु पर्दैन । आजको परिवेशमा राष्ट्रका लागि बलिदान गर्ने महान सहिदहरू, बेपत्ता योद्धाहरू, तमाम घाइते योद्धाहरू, लाखौँलाख यातनापीडित र जनयुद्धमा योगदान गर्ने सबैलाई स्मरण नगरी रहन सकिँदैन । आज दलित, महिला, जनजाति, आदिवासी, पिछडिएको क्षेत्र, वर्ग, लिंगका आधारमा राज्यका सबै तहमा प्रतिनिधित्व भइरहेको छ यो पनि जनयुद्ध को उपज हो । राज्यको यो आमूल राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनसँगै आज जनताको अपेक्षा पनि अत्यन्त माथि छ ।

आम जनताले न्यायपूर्ण वितरण व्यवस्थासहितको समतामूलक समाजको स्थापनाका लागि जनकेन्द्रित विकास र समृद्धि चाहेका छन् । राजनीतिक परिवर्तनका लागि भएको बलिदान, त्याग र समर्पणको सम्मान गर्दै त्यसलाई संस्थागत गर्ने कुरामा नेतृत्वको भूमिका अझै पुगेको छैन । जनताको आर्थिक स्तरोन्नतिको आकांक्षा पूरा हुन सकेको छैन भने संरचनागत विभेद, पछौटेपन र सामन्तवादी कुशासनबाट प्रताडित दलित, महिला, जनजाति, आदिवासी, पिछडिएको क्षेत्र, वर्ग, लिंगको मूल प्रवाहीकरण अझै सुनिश्चित भइसकेको छैन । जनयुद्धमा नेपालका सबै जातजाति, भाषाभाषी, क्षेत्र वर्ग समुदाय सबैको सहभागिता र सहयोग अनि सबैको सामूहिक रूपमा बलिदान पनि भयो ।

त्यही सहभागिता र बलिदानको कीर्तिमानका कारणले नै आज नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा, धर्मनिरपेक्षता, समावेशी समानुपातिक, समाजवादउन्मुखतिर ल्याइपु¥याएको हो । जनयुद्ध मा १० वर्ष, जनताले त साथ दियो तर जनताको अपेक्षा पनि उतिकै छ । जनयुद्धको जगमा उभिएको राज्यसत्ताले जनताको मुहार हँसिलो बनाउनु सकेको बोल्नु उचित हुँदैन । केही राज्यसत्तासँग टाँसिएको व्यक्तिहरूले जनयुद्धको भूमिकालाई कमजोर पार्न खोजिएको छ, जनयुद्ध आफँैमा नेपालमा भएको सम्पूर्ण आन्दोलनलाई पछी पार्दै सर्वोत्तम कीर्तिको रूपमा स्थापित भएको छ । जनयुद्ध मनोबिज्ञानको रूपमा स्थापित भएको छ । जनयुद्ध सर्वाहारा आन्दोलनको एउटा सर्वोच किर्तीभएको ले यसको जग सत्ता सन्चालनको आधारको रूपमा रहने निस्चित छ । नेपालको राजनीतिक आन्दोलनमा अग्रणी भूमिका खेल्ने १० वर्ष जनयुद्धको भूमिकालाई कमजोर पार्ने कुनै पनि शक्ति सिधिएर जाने निश्चित छ ।

माओवादी जनयुद्धको मुख्य उपलब्धि भनेकै गणतन्त्र, संघीयता र अधिकार सम्पन्न स्थानीय सरकार हो । तर यी उपलब्धि कार्यान्वयनमा समस्या देखिएको छ । स्थानीय तहकै उदाहरण लिउँ । अनियमिततामा आफैँ संलग्न भएका कारण स्थानीय तहक जनप्रतिनिधिहरू कर्मचारी संयन्त्रका अघि ठाडो शिरसमेत गर्न नसक्ने अवस्था पनि कतिपय पालिकामा देखिएको छ । प्रायः सबैतिर व्यापक अनियमितता भएको समय समयमा विभिन्न कोणबाट आवाजहरू उठ्दै आएको छ । यसबाहेक स्थानीय तहहरूमा समेत बजेट अनियमितता भएको प्रसंग उठ्दै आएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरीहरू को कमी छैन, अख्तियार अनुसन्धान आयोगलाई भ्याइनभ्याइ छ ।

जसमध्ये अधिकांश स्थानीय सरकारबिरूद्ध नै रहेको थाहा हुन आएको छ । यसबाट पनि के प्रष्ट हुन्छ भने स्थानीय तहमा व्यापक अनियमितता भएको छ । यी र यस्ता घटना क्रमले जनताको स्थानीय सरकार र जनप्रतिनिधिहरूप्रति विश्वास र भरोसा घट्दै गएको छ । जनप्रतिनिधिहरूको यस्तो गतिविधिले जनताको बलिदानीबाट आएको उपलब्धि गुम्ने खतरासमेत बढेको महसुस भइरहेको छ । बजेटमाथि सम्पूर्ण हक र अधिकार जनताको हुन्छ, तर बजेट सञ्चालनमा बजेट जन्प्रतिनिधि को नातागोता र मुट्ठीभर मान्छेको अगाडि पछाडि घुमिरहेको छ र बजेटको सही सदुपयोग हुनसकेको छैन ।

उपभोक्ता समितिमा बस्नका लागि निकै ठूलो हानथाप चल्छ । एक अर्काले योजना सम्पन्न गर्दा भ्रष्टाचार गरेको मुद्दा अख्तियारमा पु¥याउनका लागि पनि प्रतिस्पर्धा नै हुने गर्छ । निर्माणको गुणस्तर खोज्ने काम ज्यादै न्यून मात्रामा हुन्छ । सवारीसाधनको प्रयोग, बैठकभत्ता जस्ता सेवासुविधाहरूका लागि आमसहमति हुन्छ तर गरिब, सीमान्तकृत तथा छेउ पारिएको समुदायको जीवन सहज बनाउने नीति, कार्यक्रम बनाई कार्यान्वयन गर्ने कुरामा विरलै सहमति जुट्छ । रोजगार सिर्जना गर्ने, काम सिर्जना गर्ने र मानिसको गुणस्तरीय जीवनयापनका लागि स्थानीय सरकारका कार्यक्रमहरू कार्यान्वयन हुन कठिन छ । स्थानीय सरकार चुकेको अर्को ज्यादै महत्त्वपूर्ण विषय हो वातावरण संरक्षणको क्षेत्र । स्थानीय सरकारहरूको लागि फोहार एउटा ठूलो समस्याको रूपमा उभिएको छ, फोहरको व्यवस्थापन । फोहर व्यवस्थापनको काम फितलो भएको कारणले जनताहरूलाई कति ठाउँमा सास्ती भोग्नुपरिरहेको छ, फोहार दैनिक निस्किने र व्यस्थापन पक्ष कमजोर भएको हुनाले मानव जीवनमा प्रतिूकल प्रभाव पर्ने गरेको छ ।

स्थानीय सरकारका वा स्थानीय सिंहदरबारसामु असंख्य सम्भावनाहरू छन् स्थानीय सरकारहरूले स्थानीय सबै सरोकारवालालाई समन्वय र संवादमार्फत विश्वासमा लिएर आमनागरिकलाई विकास प्रक्रियामा सँगसँगै लिएर जाने अभ्यासहरूको खाँचो छ, स्थानीय सरकारका प्रमुखहरू राजा जस्तो व्यवहार गर्न थालेको छन, संवादका माध्यमबाट असल र समझदारीपूर्ण विश्वासका साथ काम गर्ने हो भने हामीले हाम्रो लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र आम नागरिकको विश्वास आर्जन गर्न सकिन्छ । अहिले जनतालाई स्थानीय सरकारप्रति विश्वासको खाँचो छ । यसपक्षलाई सबल बनाउँदै लैजानुपर्छ, हाम्रा हरेक गतिविधिले आमनागरिकको जीवन सहज बनाउने र हरेक नागरिकको जीवन सहज बनाउँदै उनीहरूको गुणस्तरीय जीवन बनाउने कुरामा विशेष ध्यान दिनु जरूरी छ ।

प्रतिक्रिया