युगान्तकारी परिवर्तनको पारितोषिक

प्रदीप उप्रेती

भविष्यमा हुने राजनीतिक स्वतन्त्रताका लक्षणहरू विष्फोटनमुखि हुने पूर्व अनुमान लगाउदै नेपालका राजनीतिक समुहले द्वन्द्वगत व्यवहारलाई बाध्यकारी वा सहज रूपमा स्विकार्नुबाहेक अन्य विकल्प रहेको देखिएन ।

सामान्यतया मानविय स्वभावले कुनै पनि प्रकारको द्वन्दको चाहना गर्दैन । यो सामाजिक सिद्वान्तको सैद्वान्तिक धरातललाई कतिपय अवस्थामा राजनितिको क्षेत्रमा पनि आत्मसाथ गर्ने प्रयत्न गरीन्छ । जसअनुसार १९९७ सालमा भएको राणाविरोधी आन्दोलनका पथप्रदर्शक योध्दाहरूले शान्तिपुर्ण आन्दोलनको माध्यमद्वारा राजनीतिको मूलधार एवं शासकिय स्वरूपमा नाम मात्रको परिर्वतनका लागि नेपाली जनमतलाई सुशिक्षित गराउने प्रयास गरेका थिए । तिनताकका शासकव्र्गलाई उक्त सुशिक्षितगत व्यवहारले मुलत ः मनोवैज्ञानिकरूपमा वितिष्णा उत्पन्न गराई सहीद प्रकरण गराउन थप मद्दत पुगेको देखिन्छ । जसको मुख्य उद्देश्य भन्नु नै जनमतलाई त्रशित तुलाई राणतन्त्रको आयु लम्बाउने कुटिल षड्यन्त्रपूर्ण गतिीवीधको रूपमा प्रस्तुत कालखण्डमा घटित राजनीतिक घटनाक्रमलाई लिन सकिन्छ । तर कतिपय अवस्थामा सहिद प्रकरणको प्रत्योपादक असर स्वरूप नेपालमा प्रजातन्त्रको सुखद ः बिहानीे आरम्भ हुन पुगेको तथ्यसंग हामी कोही पनि अनभिज्ञ रहन सकेका छैनौ । यस अवस्थापश्चात् नेपालको राजनीतिक वृत्तमा केही स्थीर तर अराजक राजनीतिक परिदृश्यले २०१५ सालसम्म आफ्नो वर्चश्व कायम राख्दै आएको थियो ।

उपरोक्त राजनीतिक विकासक्रमले के देखाउछ भने, १९९७—२०१५ सम्मको राजनीतिक परिवर्तनका सन्दर्भमा न्यून रूपमा शक्तिको प्रयोग गर्दा पनि शासनशक्तामा ठूलै धक्का लाग्ने प्रवृतिको विकासले तात्कालिन समयका शाशकव्र्ग आफ्नो शासनसत्ताको रक्षाका लागि निकै संम्बेदनशिल रहने गरेको तथ्यहरूले औल्याएको छ । प्रस्तुत अवस्था सम्ममा आइपुग्दा आमनेपाली जनमतले केही हदसम्म भए पनि लोकन्त्रका आधारभूत मूल्य एवं मान्यतालाई अनुशरण एवं अनुभूति गर्दै लोकतन्त्र प्रति सदासयता अर्पण गरेको पाईन्छ । यसै क्रममा राजा महेन्द्रबाट लोकतन्त्रको हरणगर्ने काम भएबाट गुमेको लोकतन्त्र प्राप्तिको लागि ऐक्यबद्व हुने क्रम सुशुप्त रूपमा विकसित हुँदै गएको घटनाक्रमले औल्याएको छ ।

जसको सकारात्मक परिणाम भन्नु नै २०३६ सालमा घोषित जनमत संग्रहलाई लिन सकिन्छ । यसबाट झिनो अन्तरले लोकतन्त्रबादी समुहलाई अल्पमतमा रहन बाध्य पारियो । जसलाई यस समुहको विजय यात्राको दोस्रो गन्तव्य मान्न सकिन्छ । किनकि यस अवस्था पश्चात ः नेपालको राजनीतिमा निरन्तर रूपमा स्वतन्त्रताको अभिबृद्विगर्न सहयोग पुग्दै आएको देखिन्छ । तसर्थ ः प्रस्तुत राजनीतिक अवस्थालाई लोकतान्त्रिक विकासको यात्रामा सफल परीसुचकको घोत्तक मान्दै जननेता बि.पि.कोइरालाले जनमत संग्रहको नतीजालाई सकारात्मक रूपमा लिदै अराजगताको उत्सर्गमा पुगेको नेपाली राजनीतिको ज्वालालाई मत्थर पार्न धेरैहदसम्म सहयोगीको भूमिका निर्वाह गरेको हो भन्न सकिन्छ ।
यसले के प्रमाणीत गर्दछ भने भविश्यमा हुने राजनीतिक स्वतन्त्रताका लक्षणहरू बिष्पोटनमुखि हुने पूर्व अनुमान लगाउँदै नेपालका राजनीतिक समुहले द्वन्द्वगत व्यवहारलाई बाध्यकारी वा सहजरूपमा स्विकार्नुबाहेक अन्य विकल्प रहेको देखिएन ।

यस अवस्थालाई नेपालको राजनीतिको लोकतान्त्रिक यात्राको द्वन्द्वउन्मुख चरणको रूपमा लिन सकिन्छ । किनकी लोकतान्त्रिक राज्यव्यवस्था भित्र सहमतीय व्यवहारलाई आत्मसाथ गर्दै कार्यगत एकतालाई क्रमश प्राथमिकता दिने संस्कृतिले लोकतन्त्रको दिर्घकालिन रक्षा गर्नुको साथै भावि राजनीतिक कार्यदिशा तय गर्न कोसेढुङ्गा सावित हुने देखिन्छ । प्रस्तुत अभ्यासको विकासले निश्चित रूपमा धेरैहदसम्म प्रतिपक्ष एवं सत्तापक्षलाई राजनीतिको एउटै छातामुनि समाहित गर्न सकिनेछ । जसलाई लोकतन्त्रको सवैभन्दा राम्रो पक्ष मान्न सकिन्छ । तर परिणाममुखी नतीजा प्राप्तिको लागि दलिय स्वार्थको अभिमान भन्दा निकै माथि उठी मुलुक र नागरिक समाजको लागि कार्य गर्ने प्रतिवद्वतालाई योजनावद्व ढंगले अगाडि बढाउने हो भने, प्राप्त लोकतान्त्रिक उपलब्धि अन्य कुनै पक्षबाट पनि अपहरण गर्न सक्ने अवस्था रहँदैन ।

आज मुलुक राजनीतिक द्वन्द्वको चरणलाई पार गर्दै गणतान्त्रिक युगमा पदार्पण गरिसकेको छ । यस अवस्थामा पनि केहि मतभेद र तिक्तताहरू रहन सक्छन् । किनकि पूर्णता भन्ने कुरा कहिल्यै पनि सम्भव रहन सक्दैन । तथापि मुलुक र लोकतन्त्रको संरक्षणको लागि सबै तिक्ततालाई बिर्सेर राष्ट्र विकास र समृद्विमा जुटनु समयको माग हो । लोकतन्त्रको उचाइ अभिवृद्विको सन्दर्भमा नेपाललगायत विश्वमञ्चमा नै चिन्ता बढदै गएको छ । लोकतन्त्रका हिमायतीले प्राप्त लोकतान्त्रिक अभ्यासमा समयानुसार आवश्यक सुधार गर्दै सशक्त उदारीकरणको चाहना गर्नेछन् । जहा† निसन्देह लोकतान्त्रिक मूल्य एवं मान्यताले स्वतन्त्र रूपमा मौलाउने अवसर पाप्त गर्नेछ । यसका बाबजुद् पनि विश्व समुदायबाट अनुमोदित लोकतान्त्रिक चरित्रले पूर्ण रूपले विकशित हुने अवस्था प्राप्त गर्न सक्दैन भने त्यो लोकतान्त्रिक मन्दिको चर्मोकर्षको चरण हो भन्दा फरक नपर्ला ।

परिणामत ः स्थापित लोकतन्त्रले नागरिक समाज प्रति गरेको प्रतिवद्वता एवं वाचाहरूमा आघात पुग्न गई अराजकताको भुमरीमा फस्न सक्ने प्रवल सम्भावनाहरू जीवन्त रहन्छ । जसलाई लोकतन्त्रको सवैभन्दा दुर्बल पक्ष मान्न सकिन्छ । तसर्थ, नेपालका अतिरिक्त विश्वका जुनसुकै अब्बल लोकतान्त्रिक पद्धति अवलम्बन गर्ने मुलुकहरूले निश्चित रूपमा आर्थिक उदारीकरण, न्यूनतम मानव अधिकारको रक्षा, लगायतका प्रतिष्पर्धि व्यबहारलाई आफुमा समाहित गर्दै दलीय स्वच्छ प्रतिस्पर्धाको आधारलाई लोकतन्त्रको सुधारको न्यूनत्तम मापदण्डको रूपमा लिने गरेका छन् । विपरित अवस्था कायम रहे गैरलोकतान्त्रिक पद्वतीको विकास भई स्वतन्त्र दलिय धरातललाई स्वीकार गर्ने अवस्था रहँदैन । तसर्थ, गैर्र लोकतान्त्रिक संस्कृतीको विकासमा लोकतन्त्रका आधारभूत मूल्य एवं मान्यताहरू संकुचीत रहन गई सम्बद्व क्षेत्रको स्वतन्त्र उचाईमा समेत अवरोधको अवस्था सिर्जना हुन जाने देखिन्छ । अत : समावेशी र प्रतिस्पर्धात्मक व्यवहारलाई संरक्षण गर्दै लोकतान्त्रिक उचाइत्वको सुनिश्चितता कायम राख्नु चुनौतीपूर्ण कार्य हो ।

यसका अतिरिक्त शासकिय स्वरूपको रूपान्तरणका लागि शान्तिपूर्ण एवं सहमतीय व्यवहारका माध्यमले राजनितिक यात्राको लक्ष्य पू्रा गर्न असम्भव प्रायः देखिएको हुदा लोकतन्त्र प्रति बफादार रहेको नेपाली काग्रेस एवं एमालेको नेतृत्वमा मोर्चाबन्दीे गरी सफलता हासिल गर्न सम्भव रहेको हो ।

यसैको निरन्तरताले प्राप्त गरेको उपलब्धिमूलक नतिजा भन्नु नै २०४७ सालको लोकतान्त्रिक सवैधानिक बिन्दु हो । जहाँ राजा र प्रजा दुवै समाहित रहन सक्छन् भन्ने विश्वास लिइएको थियो । उक्त संवैधानिक सफलता पश्चात ः नेपाली जनमतले अब राजनीतिक द्वन्द्वले बिट मार्दै शान्ति एवं आर्थिक समृद्विको लक्ष्य हासिल गर्नेछ भन्ने अभिलाषा लिएका थिए । यस पूर्वको अवस्थामा शासकीय स्वरूप हस्तान्तरणको क्रममा न्यून बलको प्रयोग हुँदै आएकोमा ०५२ सालको नेकपा माओवादी समूहले सञ्चालन गरेको शसस्त्र द्वन्द्वात्मक राजनीतिले नेपालको पुरातन राजतन्त्रतात्मक शाशक पद्धतिलाई पूर्णरूपले विस्तापित गर्दै भिन्न परिवेशको शासकीय स्वरूप नेपालमा प्रतिस्थापन गर्न सम्भव रह्यो । प्रस्तुत अवस्था सिर्जना हुनुमा संकुचित अवस्थामा रहेको राजनीतिक एवं जन आकांच्छालाई जब कुण्ठीत पार्न खोजिन्छ भने त्यसभन्दा सयौ गुणा बिष्पोटनको खतरा मोल्नु पर्नेछ भन्ने तथ्यलाई नेपालमा भएका राजनीतिक उचार चढावले प्रमाणित गरी दिएको छ । तत्पश्चातको महत्वपूर्ण उपलब्धि भन्नु नै २०७२ को संघियता सहितको गणतान्त्रिक यात्रा हो । यती हुदा हुदै पनि नेपालको राजनीतिको शंखघोष गर्ने शुरूको विन्दु २००७ को सुखद ः लोकतान्त्रिक यात्रालाई विर्सने चेष्टा गर्ने हो भने आजको विकसित गणतान्त्रिक लोकतन्त्रलाई आम नेपाली जनसमुदायले कुन रूपमा हेर्ने हो भन्ने प्रश्न उठन सक्छ ।

लोकतान्त्रिक संस्कृतीमा आएको सहनशिलताको ह्रासले अधिनायकवादी प्रवृतिको जन्म हुने देखिन्छ । जसको ज्वलन्त उदाहरण २०१७ को लोकतन्त्रको चिरहरणलाई लिन सकिन्छ । कतिपय अवस्थामा लोकतन्त्रको उचाई अभिवृद्धिको लागि आवश्यक पर्ने राजनीतिक धरातललाई बिर्सदा समस्या सिर्जना हुने देखिन्छ । आज प्राप्त गणतन्त्रको स्थापित मापदण्ड भनेको २००७ सालको युगान्तकारी लोकतान्त्रिक परिवर्तनलाई जग विशेषको रूपमा लिदा फरक नपर्ला ।

किनकी उक्त राजनीतिक उथल पुथलपश्चात् नै न्यून रूपमा भए पनि नेपाली जनमतले सार्वभौम हुनुको अनुभूति गर्न पाएका हुन् । यसै तथ्यको उपलब्धिस्वरूप २०१५ सालको लोकतान्त्रिक निर्वाचन पद्वतीको अभ्यासमा अभ्यस्त रहदा रहँदै पनि जनचेतना एवं सत्ता लोलुपताको कारण लगभग ३० वर्ष सम्म पञ्चायती निरकुशताको जन्जिरमा जकडीन परेको तथ्यलाई कुनै पनि हालतमा नजरअन्दाज गर्न मिल्दैन । लोकतन्त्रको हरणले नै नेपाली जनमतलाई शसक्तरूपमा लोकतान्त्रिक अभ्यासमा चलाएमान बनाउदै आफ्नो अधिकारप्राप्तिको लागि अनवरत रूपमा संघर्ष गर्न सिकाएको हो । निरन्तर रूपमा सघर्षका घटनाक्रमहरू अगाडि बढ्दै जाँदा युगान्तकारी परीवर्तनको पारितोषिकको रूपमा प्राप्त संघीय गणतन्त्रलाई लिँदा त्यति फरक नपर्ला ।

प्रतिक्रिया