मौसमको कारण स्वर्गद्वारी महोत्सव स्थगित

प्यूठान । स्वर्गद्वारी प्यूठान चौथो महोत्सव अहिले प्रतिकुल मौसमका कारण २ दिनका लागि स्थगित गरिएको छ । प्युठानको बिजुवार खेलकुद मैदानमा फागुन ८ गतेदेखि सञ्चालन भएको स्वर्गद्वारी प्यूठान चौथो महोत्सव १३ र १४ गते वर्षातको कारण स्थगित गरिएको मूल आयोजक समितिका संयोजक एवं प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतीले हस्ताक्षर गरेको सार्वजनिक सूचना मार्फत जानकारी दिएको छ ।

फागुन १८ गते सम्म सञ्चालन गर्ने भनिएको महोत्सव ४ दिन समय लम्वाएर २२ गतेसम्म संचालन गर्ने निर्णय भएको कक्षपतीले बताए । फागुन १५ गतेदेखि महोत्सव पूनः सञ्चालन हुने छ । महोत्सवमा २०५ वटा विभिन्न विधाका स्टलहरु प्रदर्शन गरिएको छ । प्यूठानमा सोमवार रातीदेखि पानी परिरहेकाले महोत्सव स्थल हिलाम्मे भएको कारण स्थगित गरेको महोत्सव मूल आयोजकले जनाएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया