बेलायती शैक्षिक मेलामा विद्यार्थीको आर्कषण

काठमाडौं । एसआई–युके नेपालको आयोजनामा भएको ‘एसआइ युके’ नामक अन्तर्राष्ट्रिय शैक्षिक मेलामा करीब सात सय विद्यार्थीले निःशुल्क परामर्श लिएका छन् ।

आयोजक संस्थाका निर्देशक विनय अधिकारीले मेलामा अनुमान गरिएभन्दा धेरै विद्यार्थीको सहभागिता रहेको र संयुक्त अधिराज्य बेलायतका विश्वविद्यालयबाट आएका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष परामर्शको हुने अवसर पाएको जानकारी दिए ।

मेलामा सहभागी हुन विद्यार्थीलाई अनलाइन फारम उपलब्धता गराइएको थियो । मेलामा त्यहाँको शैक्षिक प्रणाली, छात्रवृत्ति, अध्ययनपछिको रोजगारीका अवसर र बेलायतको जीवनशैलीबारे पनि जानकारी दिइएको थियो । एसआइ युनेका अनुसार सन् २०१८ मा ३२ हजार नेपाली विद्यार्थीले बेलायतको विश्वविद्यालयमा भर्ना पाएका थिए ।

मेलाको उद्घाटन गर्दै पूर्वराज्यमन्त्री उदयशमशेर राणाले विद्यार्थीले अन्तर्राष्ट्रियस्तरको शिक्षामा लागि चाहिएको सूचना पाउनु उनीहरुको अधिकार भएकाले मेलाले उक्त अवसर दिएको बताए ।

एसआइ युकेको विश्वका विभिन्न २३ वटा देशमा शाखा सञ्जाल विस्तारित छ । एक सय २० विश्वविद्यालयसँग सहकार्य गरिरहेको सो संस्थाले बेलायत र आयरल्याण्डमा रहेका विश्वका विश्वविद्यालयमा अध्ययनका लागि परामर्श दिँदै आएको छ ।

प्रतिक्रिया