सिटिजन्स बैंक र सिद्धार्थ बिजनेस बीच सहकार्य

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटीबीच सम्झौता भएकोछ । बैंकका ग्राहकलाई बिभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डबाहक ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप एण्ड हसपिटालिटीको देशैभरी रहेका होटेल, क्याफे तथा रिसोर्टहरूमा सेवा लिंदा विशेष छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरूबाट करिव पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया