वृद्धामथि बलात्कार गर्ने दुई जनाविरुद्ध मुद्दा

गाईघाट । उदयपुर जिल्लाको कटारी नगरपालिकामा वृद्धा महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कटारीले दुई जनालाई पक्राउ गरी अनुसन्धानपछि आज म्याद थप गरेर मुद्दा चलाएको छ । बलात्कार गरेको कसुरमा पक्राउ गरेर मुद्दा दर्ता गरिएकोमा कटारी नगरपालिका–३ का ४० वर्षीय वंश सदा र अर्का २३ वर्षीय मनोज सदा रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमख प्रेमसागर केसीले बताए ।

शुक्रबार दुवै जनाले जंगल नजिकै महिलालाई घर फर्कंदै गरेको अवस्थामा भेटेपछि समातेर बलात्कार गरेको पीडित परिवारलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । घटना लगत्तै पीडितका परिवारले प्रहरीमा जाहेरी दिएपछि शनिबार दुवैलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको र आज म्याद थप गरेर बलात्कारसम्बन्धी मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख केसीले बताए । महिलाको कटारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया