खोजखबर

त्रिशूलीमा सिमेन्ट बोकेको ट्रक खस्यो, चालकको मृत्यु

सौर्य अनलाइन २०७६ फागुन ११ गते १८:०२ मा प्रकाशित

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ को ज्यामिरेघाटबाट ट्रक त्रिशूलीमा खस्दा एकजनाको मृत्यु भएको छ । आइतबार बिहान ना ५ ख ३७७७ नंको सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्दा मकवानपुर भिमफेदी निवासी चालक बिखे थोकरको मृत्यु भएको हो ।

दुर्घटनामा परी सहचालक सप्तरी रुपनगरका राजेश विक घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय