भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौँ । माइतीघरमा भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरिएकको छ । मानव अधिकार तथा शान्ति समाजले विभिन्न भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरण, वाइडबडी विमान खरिद प्रकरण, सेक्युरिटि प्रिन्टिङ प्रेस खरिदलगायतका भ्रष्टाचारीलाई छानबिन गरी कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ । ‘यो सरकार घोटालामा लिप्त सरकार, ठूला नेता मिलेका अर्बौ रुपैयाँ निलेका, यो सरकार स्वेच्छाचारी सरकार’ भन्ने नारा लेखेको प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया