एपिएफलाई दिदीबहिनी कपको उपाधि

पर्वत । विभागीय डबी भिडन्तमा बाजी मार्दै नेपाल एपिएफ क्लबले चौथो संस्करणको दिदीबहिनी कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पर्वतको बेनीमा शनिबार भएको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ लगातार च्याम्पिन बन्न सफल भएको हो ।

शुक्रबार नै फाइनल हुने तय भएपनि वर्षाका का सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई रण खेल शनिबार भएको फाइनलको पहिलो सेट एपिएफले गुमाएपनि त्यसपछिको बाँकी तीनै सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको हो । एपिएफले पहिलो सेट १५–२५ ले गुमाएको थियो । त्यसपछिको बाँकी तीन सेटमा एपिएफ हाबी हँुदै २५–१८, २५–२१ र २५–१२ को सहज जित निकाल्न सफल भयो ।
गत माघ अन्तिममा काठमाडौंमा सम्पन्न १५औँ ढोरपाटन महिला डबल लिगमा पनि एपिएफले उपाधि जित्दा पुलिसलाई अन्तिम खेलमा हराएको थियो । एपिएफको यो सिजनको सातौँ उपाधि हो । यसअघि एपिएफले आठौँ राष्ट्रिय खेलकुद, शेर बहादुर स्मृति भलिबल, नुवाकोटमा मेयर कप, न्यु डायमन्ड कप, एनभिए कप र ढोरपाटन डबल लिग जितेको थियो । पुलिसले भने यो सिजन पोखराको लामाचौरमा सम्पन्न तीज महिला भलिबल प्रतियोगिताको उपाधि मात्रै जित्न सफल भएको छ ।

शनिबारै हाेंगवान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । मुख्य स्पाइकर प्रतिभा मालीविना कमजोर देखिएको डायमन्डले आर्मीमाथि २५–२३, २५–२१ र २५–२२ को सोझो सेटमा जित निकालेको हो ।
उपाधिसँगै एपिएफले २ लाख रुपैयाँँ प्राप्त हात पारेको छ । दोस्रो स्थानमा चित्त बुझाएको पुलिसले १ लाख पायो । तेस्रो भएको डायमन्डले ५० हजार रुपैयाँँ प्राप्त ग¥यो ।

पर्वतस्थित जलजला गाउँपालिका–३ मा १३औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा विभिन्न ५ टोलीले सहभागिता जनाएका थिए । ५ टोलीलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको थियो ।

सरस्वती सर्वाेत्कृष्ट 
विभागीय नेपाल एपिएफ क्लबकी ओपन स्पाइकर सरस्वती चौधरी चौथो संस्करणको दिदीबहिनी कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छन् । उनले एपिएफलाई शनिबार दिदीबहिनी कपको उपाधि दिलाउन महत्वपूर्ण भुमिका निभाएकी थिइन् । सर्वाेत्कृष्ट खेलाडी बनेसँगै सरस्वतीले १० हजार रुपैयाँँ प्राप्त गरेकी छिन् । व्यक्तिगत विधातर्फ एपिएफकी निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर चुनिइन् ।


पुलिसकी कमाला पुन उत्कृष्ट सेटर र पुलिसकै कोपिला राना उत्कृष्ट ब्लकर घोषित भइन् । डायमन्डकी पनामिका राई उत्कृष्ट सर्भर तथा डायमन्डकै सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो चुनिइन् । एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए । व्यक्तिगत विधाका सबै विजेताले जनही ५ हजार रुपैयाँ हात पारे ।

प्रतिक्रिया