बबालपछि ‘मेरा काला दारी’

काठमाडौँ । गायक अर्जुन पौडेलको ‘बबाल’ को लोकप्रियतापछि ‘मेरा काला दारी’ गीत बजारमा आएको छ । उनलाई महिला स्वरमा नेपाल आइडिएलकी निर्णायक एवं गायिका इन्दिरा जोशीले साथ दिएकी छन् । दीपक शर्माको संगीत रहेको उक्त गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन रहेको छ ।

गीतले दर्शक तथा स्रोताको मन जित्ने आशा लिएको गायक पौडेल बताए । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा अनी मोडल रञ्जीत पौडेललगायतका कलाकारको अभिनय छ । गीतको भिडियो निर्देशक गम्भीर विष्टले गरेका हुन् । भिडियोमा नवराज उप्रेतीको छायांकन, शिलन लम्सालको सम्पादन, अनिता ग्वौछाको मेकअप र सुवोल थापाको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया