सञ्जीवको गीतमा बालापन

काठमाडौँ । गायक सञ्जीव पराजुलीको नयाँ गीत ‘बाल्यकालको सम्झना’ को भिडियो सार्वजनिक भएको छ ।

‘नाई मलाई थाहा छैन’, ‘किन कर्के’ लगायत गीतका गायक सञ्जीवको नयाँ अघिल्लो संस्करणको ‘बालापनको उमेर’ को दोस्रो संस्करणको यो गीतलाई ‘बालापनको उमेर २–बाल्यकालको सम्झना’ नाम दिइएको छ । गीतमा संगीतकार वसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ ।

ललितपुरको छम्पीदेवी माध्यमिक विद्यालयमा गीतको छायांकन गरिएको स्थानमा पुगेर भिडियो सार्वजनिक गरिएको छ । ‘जुन स्कुलमा हामीले खिचेका थियौँ, त्यहीँका विद्यार्थी भाइबहिनीहरूसँग बसेर गीत सार्वजनिक गर्ने मन भएर सोही स्कुलमा पुगेका थियौँ’, गायक पराजुलीले भने । उनका अनुसार भिडियो निर्माण टिमले सुटिङ गरिएको स्कुलमा केही आर्थिक सहयोग पनि गरेको थियो ।

गणेश शाहीको निर्देशनमा बनेको भिडियोमा गायक सञ्जीव, सिम्रन कार्की, विप्रभ सापकोटा, सालिन पराजुली र सन्रिका भट्टराईको अभिनय छ । प्रभा आचार्य सहायक निर्देशक रहेको भिडियोमा फराज अर्पनको छायांकन तथा सम्पादन छ ।

प्रतिक्रिया