एपीएफ र पुलिसबीचको फाइनल स्थगित

बेनी । चौथो संस्करणको दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल स्थगित भएको छ ।

पर्वतको बेनीमा शुक्रबार तय भएको एपीएफ र नेपाल पुलिस क्लबबीचको फाइनल खेल वर्षाको कारण स्थगित भएको हो ।

फाइनल खेलसँगै न्यु डाईमण्ड स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबबीच तय भएको तेस्रो स्थानको खेल पनि स्थगित भएको आयोजक रेडियो दिदिबहिनीले जनाएको छ । अब प्रतियोगिताको फाइनल र तेस्रो स्थानको प्ले अफ खेल शनिबार (भोलि) बिहान हुनेछ ।

साविकको विजेता समेत एपीएफ न्यु डाईमण्डलाई हराएर फाइनल पुगेको हो । यस्तै पुलिसले आर्मीको चुनौती पन्छाएर एपीएफसँगको भेट पक्का गरेको हो ।

प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख, तेस्रोले ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया