भ्रमण वर्ष सफल बनाउन सांस्कृतिक मेला

काठमाडौं । ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउने उद्देश्यले आयोजित ‘दशौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला–२०७६’ यही फागुन १६ गतेदेखि सुरु हुने भएको छ ।

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारासहित एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गर्ने सो मेला यही फागुन २५ गतेसम्म सञ्चालन हुनेछ । ग्रुपले पत्रकार सम्मेलन गरी मेलामा नेपालसहित इस्टोनिया, बंगलादेश, श्रीलंका, डेनमार्क, इजरायल, भारत र मलेसियालगायतका देशबाट विभिन्न सांस्कृतिक समूहका २ सय ५० भन्दा बढी कलाकारले भाग लिने जानकारी दिएको छ ।

मेला अवधिभर कलाकारले आआफ्नो संस्कृति झल्कने वेषभूषा लगाई सांस्कृतिक झाँकी प्रस्तुत गर्ने र आ–आफ्नो देशको लोकगीत, संगीत र लोक नृत्य प्रस्तुत गर्ने मेलाका संयोजक रामचन्द्र कोइरालाले जानकारी दिनुभयो । मेला काठमाडौं, ललितपुर, पोखरा, जस्ता पर्यटकीय तथा ऐतिहासिक क्षेत्रमा आयोजना गरिनेछ । मेलाबाट देशका विविध संस्कृति, पुरातत्विक र अन्य पर्यटकीयस्थलको मात्र नभई सम्पूर्ण नेपालकै विश्वसामु प्रचारप्रसार हुनसक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया