महाशिवरात्री र श्रीपशुपतिनाथ

वैदिक सनातन धर्मालम्बीहरूमा भगवान् श्रीपशुपतिनाथको ठूलो महिमा छ । श्रीपशुपतिनाथको स्तुति, पूजा, आराधना, मन्त्रको जप र यिनको महात्म्यबारे वेद, पुराण, धार्मिक साहित्यक र तान्त्रिक ग्रन्थहरूमा अति विस्तृत रूपमा पाइन्छ । हाम्रोे समाजमा पनि परापूर्वकालदेखि नै शिवजी पूजाआजा, उपासनागर्ने चलन आजसम्म कायमै छ ।

नेपालका साथै हिन्दुरूथान लगायत वैदिक सनातनीहरूको बाहुल्यभएका क्षेत्रहरूका शिवमन्दिरहरूमा यस पर्वमा असंख्य भक्तजनहरूको भीड लाग्ने गर्र्दछ । फाल्गुन कृष्ण चतुर्दशीमा महाशिवरात्री पर्व काठमाडांैस्थित पशुपतिनाथको मन्दिरमा ठूलो महत्वका साथ सम्पन्न गरिन्छ । महाशिवरात्रीका दिन पशुपतिनाथको शोडषोपचारले विधिपूर्वक पूजा–आराधना गरिन्छ ।

विश्वको सृष्टि गर्दा अर्ध नारीश्वरको रूप धारण गर्ने शिवले समय समयमा आवश्यक तथा कौतुहलवस हरेक रूप धारण गर्नु भएको छ । ती रूपहरूको चर्चा असम्भव नै देखिएकाले खास अवतारहरू मात्र देख्न सकिन्छ । शिवजीको दशअवतार छन् भनेता पनि प्रख्यात शिव पुराण र स्कन्द पुराणले यस विषयमा प्रसस्त प्रकाश पारेका छन् । यस लेखको आधारशीला त्यसैले यिनै ग्रन्थ बन्न गएका छन् ।

विशाल सगरमाथाको काखमा रहेको पुण्यभूमि नेपालमा वैदिक सनातन धर्मको प्रधानता छ । नेपालको संविधानले पनि वैदिक सनातनदेखि चलिएका धर्म संस्कृतिलाई राज्यले संरक्षण गर्ने भनेको छ । देशले शैव धर्मलाई शताब्दी अगाडिदेखि अंगीकार गर्दै आएको छ । हाम्रा आराध्य देवताका रूपमा प्रख्यात पशुपतिनाथ शिवकै प्रतीक हुन 

महाशिवरात्रीलाई वैदिक सनातनीहरूले सर्वोच्च स्थानदिएका हुनाले पनि उनको आराधनाको पर्वमा ‘महा’जोडेर महाशिवरात्री भनिएको हो । त्यसकारण शिवजीको महिमा मनाइने यस पर्वको ज्यादै ठूलो छ । नेपालभरिमा भएका मन्दिरहरूमा श्री पशुपतिनाथको मन्दिरको प्रसिद्ध रहेको कुरा विभिन्न ऐतिहासिक प्रमाणहरूबाट समेत अवगत हुन्छ । शिवजीको प्रथम अवतारको नाम महाकाल हो । कालको पनि काल भएकोले महाकाल भनिएको हो । महाकालले कालको पनि नियन्त्रण गर्न सक्छन । दक्षको यज्ञमा जब शंकर र सतीको अनादर गरिएको थियो । त्यसबखत शिवजीले यही महाकालको स्वरूप लिनुभएको थियो ।

शिवलाई यजुर्वेदमा स्पष्ट रूपमा वर्णन गरेर उनलाई वैदिक देवताको रूप प्रदान गरिएको पाइन्छ । यसर्थ, शिवजीको आराधना प्राचिनकालदेखि नै भएको बुझिन्छ । हामी आराध्य देव शिवजीलाई तन, मन, धनले श्रद्धा गर्छांै । जसमा शंकर, महेश, पशुपति, रूद्र, भोलानाथ, भोलेबाबा, महादेव, शम्भु, कैलाशपति, गिरिराज, नीलकण्ठ आदि छन् । हामी उनलाई ‘पशुपति’को संज्ञाले बडो श्रद्धा गर्दछौँ । सारा नेपालीहरू पशुपतिनाथको मन्दिरमा गएर श्रद्धा भक्तिपूर्वक आराधना गर्दछौँ । “पशुपति क्षेत्र” ले गर्दा नेपालको धार्मिक क्षेत्रका गौरवगाथालाई विश्वभरि चिनाउँछ ।

विशाल सगरमाथाको काखमा रहेको पुण्यभूमि नेपालमा वैदिक सनातन धर्मको प्रधानता छ । नेपालको संविधानले पनि वैदिक सनातनदेखि चलिएका परम्परालाई राज्यले संरक्षण गर्ने भनेको छ । देशले शैव धर्मलाई शताब्दी अगाडिदेखि अंगीकार गर्दै आएको छ । हाम्रा आराध्य देवताका रूपमा प्रख्यात पशुपतिनाथ शिवकै प्रतीक हुन । यसै क्रममा पशुपतिको दर्शन गर्नु अगाडि गुह्ेश्वरीको पनि दर्शन गर्ने प्रचलन छ । यसरी गुह्ेश्वरी पशुपतिकै शक्ति हुन । निराकार रूपमा आराध्या भएकी गुह्ेश्वरीले शक्ति कै विम्बलाई सम्झाउँछिन् ।

पशुपतिनाथको उद्भवसम्बन्धी भिन्न–भिन्न धारणाहरू पाइन्छन् । हिमवत्खण्ड पशुपति पुराण, नेपाल माहात्म्य जस्ता साहित्यिक ग्रन्थहरू तथा गोेपालराज वंशावली लगायतका भाषा वंशावलीहरूमा पनि त्यससम्बन्धी चर्चा पाइन्छ । पशुपतिनाथको उद्भवको सम्वन्धमा चर्चा गर्ने पहिलो वंशावली गोपालराज वंशावली हो । नेपालमा पाइएका वंशावलीहरूमा सो वंशावली सबैभन्दा पुरानो मानिन्छ ।शिव र पार्वती सँगसँगै रहेका वेला शिवका परम भक्त नन्दी, भृंगीले शिवको मात्र कदर गरेर आफ्नो अपहेलना गरेको भान त्यस बखत पार्वतीलाई भयो ।

तसर्थ शिवले अद्र्धनारीश्वरको रूपमा शिव र पार्वतीलाई एक अर्काको पूरक तुल्याए । भक्तजनहरूले शिव र पार्वतीको अर्को रूप शिवलिंगमा देखे त्यसैले शिवलिंग पुजित हुन थाल्यो । चन्द्रमासको चौधाँै दिन अर्थात् नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्री भनिन्छ, यस अर्थमा वर्षदिनभरि १२ वटा शिवरात्री रहनेमा हरेक वर्षको फाल्गुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने शिवरात्रीको अध्यात्मिक अनि सांस्कृतिक महत्व अतूलनीय छ । यस रात वैज्ञानिक रूपमै पनि पृथ्वीको उत्तरी ध्रुव यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरूमा शक्ति अनि गुरुत्वाकर्षणको असाधारण बहाव रहन जाने प्रमाणित गरिएको छ ।

शायद यसै कारणले होला यस दिनप्रकृतिले नै मानिसलाई अध्यात्मिक पक्षतर्फ तात्रे विश्वास गरिन्छ । यसै अध्यात्मिक शक्ति, आकर्षण अनि जागरणलाई आफ्नो शरीरमा वहन दिनलाई पनि आज रातभरि जाग्राम बसेर शिवरात्री मनाईने सांस्कृतिक चलनलाई वैज्ञानिक रूपमा ब्याख्या गरिएको पाईन्छ । पशुपतिनाथको जनसागरलाई एउटा धार्मिक कुम्भको रूपमा ब्याख्या गर्न सकिन्छ ।

साधुहरूको व्यापक उपस्थिति रहन्छ आज पशुपतीमा, विभित्र कुरामा सिद्धता हासिल गरेकाअनि यो हामी बसिरहेको समाजभन्दा परको अध्यात्म अनि सन्यास जीवन व्यतित गरिरहेका साधुहरू पशुपतिनाथ दर्शन, भ्रमणका लागि आउने गर्दछन् । फर्कने वेला उनीहरूलाई पशुपती क्षेत्रविकास कोषले दक्षिणा अनि भेटीसहित औपचारिक बिदा दिने चलन पनि छ ।

वैदिक सनातनीहरू नेपालमा मात्र होइन विश्वभरि छन् । त्यसैकारण महाशिवरात्रीको पर्व हाम्रो नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा पनि बडो उत्साह, उमगं र भक्तिभाव मनाइन्छ । यस दिन भोले बाबाको शोडषोपचारको विधिले पूजा अर्चना गरिन्छ । आह्वान, आसन, पाद्य, अच्र्य, आचमन, स्नान, वस्त्र, उपवीत, गन्धपुष्प, धूपदीप, नैवेध्य, तामूल, दक्षिणा, आरती, प्रदक्षिणा आदि गरिन्छ । यस अवसरमा श्रद्धालुहरू उपवास बस्छन् । ती उपवास बस्नेहरू र अन्यभक्तजन मन्दिर अघिल्तिर भजन कीर्तन गरी भगवान्मा लिन भएका हुन्छन् ।

त्यसै दिन टुडिखेलमा राष्ट्र प्रमुख तथा सरकार प्रमुखको पनि सवारी हुन्छ र सोही पावन अपसरमा देशवासीहरूको नाममा शुभेच्छा प्रकट गर्ने परम्परा अद्यावधिक नै कायम छ । प्राचीन नेपालमा पशुपतिनाथको अति नै महत्वपूर्ण स्थान हुनुको साथै पशुपतिको चर्चा टाढा–टाढासम्म वैदिक सनातनीहरूको बढ्दो धार्मिक प्रचार एवं प्रभाव सहन नसकी तत्कालीन बंगालका सुलतान समसुद्दीनद्वारा सन् १३४६ अर्थात वि.सं. १४०९ मंसिरमा काठमाडौं उपत्यकाभित्र समेत आक्रमण गरी पशुपतिनाथको मूर्तिलाई तीन टुक्रा पार्ने तथा अन्य मन्दिर देवालय, बौद्धस्तपहरू भत्काउने, बिगार्नेजस्ता निन्दनीय कार्यहरूद्वारा प्रसस्तःधन –सम्पत्ति लुटी काठमाडौं उपत्यकामा हाहाकार मच्चाएका थिए ।

हलाहल विषलाई पिएर सम्पूर्ण ब्रह्माण्डको रक्षा गर्ने भगवान् शंकर सम्पूर्ण जीवका अधिष्ठाता हुनुहुन्छ । सबैको कल्याण गर्न उहाँले हलाहल जस्तो विषपान गर्नुभएको हो । समाजका अहितकारी वस्तुहरू जस्तो कि, सबै लागुपर्दाथ हामी शिवलाई समर्पण गरौँ । शिवले हामीलाई त्यसबाट रक्षा गनुहुन्छ । समाजका सबैजसो अरिष्टलाई अँगाल्ने र गरिष्ठ पदार्थ प्राणीहरूलाई दिने भगवान् शिवको महिमा गाउने आजको दिनमा युवा वर्गले सत्मार्गमा अग्रसर हुने प्रण गर्नु समाज र देशका लागि नै हितकार हुनेछ ।

प्रतिक्रिया