प्रम ओलीको गाउँपालिकामा शुन्य गर्भपतन घोषणा

पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीको तेह्रथम आठराई गाउँपालिकाले विहिबार शुन्य असुरक्षित गर्भपतन पालिका घोषणा गरेको छ । पालिकाले शुन्य गर्भपतन रहेको प्रतिबद्धताको आयोजना गरेको हो । पालिकाले ‘महिलाको सुस्वास्थ्य तेह्रथुमवासिको शान, शुन्य असुरक्षित गर्भपतन हाम्रो अभिान’ भन्ने मुल नारासहितको प्रतिबद्धता कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिकाका अध्यक्ष मानबहादु लिम्बुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सबै वडा वासिहरुको उपस्थिति रहेको थियो ।गाउँपालिकाका उपाध्यक्ष तथा शुन्य असुरक्षित पालिका समितिका संयोजककारुपा देवि कन्दङवाको अध्यक्षतामा विभिन्न बक्ताहरुले बिषयगत आफ्ना भनाई राखेका थिए ।

बिशेष अतिथि प्रमुख प्रशासकिय अधिकृत श्याम दाहाल, कार्यपालिका सदस्य, स्थानिय पार्टिप्रतिनिधि , इलाकाकार्यालय प्रमुख, एचएफ डब्लुएल बि का अधिबक्ता नविन श्रेष्ठ, फेकोफनका अध्यक्ष गणेश सेनेहाङ, नेपाली कांग्रेसका प्रतिनिधि भोला काफ्ले , नेकपाका प्रदेश सदस्य चुडामणी बराल, सुरक्षा निकायका सबै प्रमूखहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा गाउँपलिकाका नौ वटै वडाका माध्यामिक विद्यालय तथा एक सय तीन जना स्वंयसेविकाहरुलाई प्रशंसापत्रसमेत वितरण गरिएको नायव सुब्बा सरस्वती सिवाकोटीले जनाएकी छन् । उक्त कार्यक्रममा संगिनी नाच, कौडा , डम्फलगायत विभिन्न नाचहरु प्रस्तु गरिएको थियो ।

शुन्य असुरक्षित गर्भपतन सन २०१८ देखि अभियान सञ्चालन गरीएको जनाइएको छ । उक्त अभियानलाई आईपास भन्ने संस्थाकाे प्राविधिक तथा गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । आगामी अन्तर्राष्ट्रिय नारी दिवशका दिन तेह्रथुम जिल्लालाई विश्वको पहिलो शुन्य असुरक्षित गर्भपतन जिल्ला घोषणा गरीने भएको जनाइएको छ ।

प्रतिक्रिया