महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छः डा. कोइराला

गाईघाट। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसको आगामी चौधौँ महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति उदयपुरद्वारा बुधबार आयोजित तीनदिने जिल्ला पार्टी सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र सुदृढीकरणमा नेपाली कांग्रेसको भूमिका रहने र लोकतन्त्र रहेमात्र विकास हुने बताए ।

कांग्रेस उदयपुरका पार्टी प्रवक्ता मदनराज कटुवालका अनुसार सम्बोधनमा क्रममा केन्द्रीय सदस्य डा. कोइरालाले पार्टी गुठउपगुठको कारण कमजोर बन्न नहुनेमा जोड दिएको थिए । उनले भने , ‘सरकारले दम्भको राजनीति गर्न हुँदैन ।

यसले लोकतन्त्र संकटमा मा पर्न सक्छ ।’केन्द्रीय सदस्यद्वय गुरुराज घिमिरे र बद्री पाण्डेले पार्टीलाई पुरानै अवस्थामा पुर्याउन कार्यकर्ता एकजुट भई लाग्नुपर्ने बताए । कांग्रेस उदयपुरका अध्यक्ष विदुरबाबु बस्नेतले पार्टी सुदृढीकरणमा प्रशिक्षणले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया