पलाँतामा हरियाली अभियान चलिसक्योः अध्यक्ष बम

कालिकोट । वनजंगलका दृष्टिकोणले सुख्खा भनेर चिनिने जिल्लाको पलाँता गाउँपालिकाले ‘हरियाली पलाँता’ अभियान सुरु गरेको छ । जिल्लाको शुक्खा क्षेत्र भनेर चिनिने पलाँतालाई स्थानिय तहले हरीयाली पलाँताको अभियान थालेको हो । पलाँता गाउँपालिकाले १ बर्षमा १ लाख विरुवा रोप्ने अभियान चलाएको छ ।

शुख्खा पलाँता क्षेत्रमा १ घर १ नर्सरी उत्पादन सँगै यो आर्थिक मसान्तको अन्तिम सम्म ६ लाख विरुवा उत्पादन गर्ने पलाँता गाउँपालिकाले लक्ष्य लिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले बताए । उनले भने, ‘अवको अभियान हरीयाली पलाँता निर्माणमा रहेको शुख्खा पलाँताको दृष्टिकोणले चिनिने पलाता अब हरेक ब्यक्तिका हरियाली बनाउने छौैँ ।’ बन जंगलको अभाव रहेको पलाँतामा अबको केही बर्षभित्रै घना जंगलसमेत बनाउने उनले बताए ।

पलाँता गाउँपालिकाले पहिलो प्राथमिकता बन क्षेत्रलाई दिने र शुख्खा डाँडाकाँडामा विरुवा रोपेर हरीयाली पलाँता निर्माण गर्ने तथा सम्पुर्ण हिसावले पलाँता भरिपुर्ण गर्ने पनि बमले बताए । कुनै पनि नागरिकहरुले अब विकट पलाँता भनेर चिन्ने दिनको अन्त्य भएको र घुम्न जाउँ पलाँता भन्ने गरी पलाँताको विकास, निर्माण र समृद्धीमा पलाँता सरकार लागि परेको वडा अध्यक्ष बर्जबहादुर बमले बताए । हिजोका दिनमा पलाँताका नागरिकहरु खान नपाएर भोकमारीको चपेटामा तड्पीएका थिए ।

खाद्यान्नका समानहरु पनि उतिकै महंगा थिय,स्थानिय सरकार आइसकेपछि धेरै कुराको सहज भएको स्थानिय धनकर्ण बिश्वकर्माले बताए । बिगतको पलाँता र अहिलेको पलाँतामा धेरै नै फरकपन देखिएको छ । कृषि, सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका भौतिक पुर्वधारले पलाँता साच्चिकै सुन्दर देखिएको पलाँता अनुगमन कर्ताहरुले बताउँने गरेका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया