वसन्तको नयाँ गीत

काठमाडौं । अमेरिकाको मेरिल्यान्डमा बस्दै आएका गीतकार तथा गायक वसन्त थापा मगरको नयाँ गीत ‘कहिले दायाँ कहिले बायाँ’ को भिडियो सार्वजनिक भएको छ । यसअघि उनले ‘आमाले बोकेको भारी’ नामक गीतको भिडियो दर्शकमाझ ल्याएका थिए ।

गायक थापाकै शव्द र लय रहेको उक्त गीतमा गायिका अन्जु पन्तले वसन्तलाई स्वरमा साथ दिएकी छन् । गीतमा अशोक लोहोरुंग राईको म्युजिक एरेन्ज छ । भिडियोमा नग्मा श्रेष्ठ, पल शाह र शोभित बस्नेत फिचर्ड छन् । भिडियोमा पललाई दोहोरो भूमिकामा देख्न सकिन्छ ।

समन अधिकारी निर्देशित भिडियोमा अर्जुन तिवारीको छायांकन, प्रमोद भण्डारीको कोरियोग्राफी, नविन निरौलाको सम्पादन र कलर ग्रेडिङ छ ।

प्रतिक्रिया