रारामा आथित्यका लागि गाइड तयार

मुगु । कर्णाली प्रदेशको प्रमुख प्रयटकीय गन्तब्य रारा आउने बाह्य तथा आन्तरिक पर्यटकका लागि नेचर गाइड तयार पारिएका छन् । रारा राष्ट्रिय निकुञ्जले राराको जैविक विविधता, वन्यजन्तु, चराचुरुंगी र पदमार्ग र भिजिट नेपाल २०२० लाई लक्षित गरी ३३ जना नेचर गाइड तयार गरेको हो ।

रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सहज बनाउन १ देखि ६ फागुनसम्म नेचर गाइड तालिमको आयोजना गरी रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई रारा पुग्ने पदमार्ग वन्यजन्तु, चराचुरुंगीदेखि राराको जैविक विविधताबारे जानकारी गराउन नेचर गाइड (प्राकृतिक प्रसक) तयार गरिएको रारा राष्ट्रिय निकुञ्जको कार्यालय राराले जनाएको छ ।

राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन ०२९ हिमाली राष्ट्रिय निकुञ्ज नियमावली ०३६ अनुसार प्रत्येक निकुञ्जले अनिवार्य नेचर गाइड राख्नुपर्ने व्यवस्था भए पनि रारा राष्ट्रिय निकुञ्जले हालसम्म नेचर गाइड तयार गरेको थिएन । स्थापना भए यता पहिलो नेचरगाइड उत्पादन गरिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए ।

उनका अनुसार मध्यवर्ती क्षेत्र भित्रका समुदायको आर्थिक उन्नति रारा आउने आन्तिरिक तथा बाह्य पर्यटकलाई राराको बारे सहजै जानकारी गराउनुका साथै निकुञ्जभित्र रहेका जैविक विविधता, वन्यजन्तु, वनस्पति, चराचुरुंगी धार्मिक तथा सांस्कृतिक परम्पराका बारे सहजैरूपमा पर्यटक जानकारी गराउने उदेश्य र रोजगारको सिर्जना हुनुका साथै नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउने उद्देश्यले नेचरगाइड उत्पादन गरेको संरक्षण अधिकृत भण्डारीले बताए ।

रारामा मात्र २ सय ७२ प्रजातिका चराचुरुंगी छन् । विश्वमा नपाइने असला जातको माछा विभिन्न प्रकारका वनस्पतिका साथै यहाँको छुट्टैखाले जैविक विविधता छ । यहाँ पुग्ने जो कोही पर्यटकले सबै जानकारी लिन खोज्छन् । यो भन्दाअगाडि यी सबै विषयमा ज्ञान भएका जनशक्ति नहँुदा जानकारीविना पर्यटक फर्किन्थे ।

अब राराको बारे ज्ञान भएका नेचर गाइड उत्पादन भएपछि पर्यटकले सबै जानकारी पाउनेछन् । यो पेसामा लागेका नेचर गाइडको आर्थिक स्थिति समेत मजबुत हुने तालिमका प्रशिक्षक चराविज्ञ टीकाराम गिरीले बताए ।

विगतका दिनमा रारा पुग्ने पर्यटकहरू बीचबाटोमा ठगिएका घट्ना धेरै आएका छन् । रारा पुग्ने जो कोही पर्यटक नठगियोस् राराका बारे सबैखाले जानकारी पर्यटकहरूले पाउन् भन्ने हेतुले नेचर गाइड उत्पादन गरिएको हो । मध्यवर्ती क्षेत्रका बेरोजगार युवालाई यो पेसाले आयआर्जनको पाटो पहिल्याउन सक्ने मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष बलराम साहनीले बताए ।

छायानाथ रारा नगरपालिका–८ झ्यारी गाउँका दानबहादुर रावल नेचर गाइडको तालिम पाएपछि अबका दिनबाट व्यावसायिक रूपमा नेचर गाइडको पेसा अँगाल्ने बताए । बेरोजगारीका कारण आपूm विदेश जाने तयारीमा रहेको बताए ।

मध्यवर्ती क्षेत्र विकास समितिले आपूmलाई नेचर गाइडको तालिमा छनौट गरेपछि यो पेसामा लागे भविष्य उज्ज्वल देखिने र नेचर गाइड पेसाले राराको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने र आपूmलगायत समुदायको समेत आर्थिक उन्नति राम्रो हुने भएकाले यो पेसालाई प्राथमिकता दिने रावलले बताए ।

प्रतिक्रिया