प्रधानमन्‍त्री ओली अस्पतालमा भर्ना

काठमाडौँ । प्रधानमन्त्री केपी ओली अस्पतालमा भर्ना भएका छन् । अस्वस्थ्य भएपछि उनि मंगलबार साँझ महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।

प्रधानमन्त्री ओलीको सेन्टरको क्याथ ल्याबमा स्वास्थ्य परीक्षण भइरहेको छ । यसअघि ओली डायलासिसका लागि मनमोहन सेन्टरमा निरन्तर जाने गरेका थिए । सेन्टरका एक चिकित्सिकले यस पटक प्रधानमन्त्री ओली डायलासिस नभएर अन्य उपचारका लागि भर्ना भएको जानकारी दिए ।

प्रतिक्रिया