गुल्मीका प्रथम कांग्रेस सभापति ज्ञवालीको निधन

काठमाडौँ । गुल्मीका प्रथम नेपाली कांग्रेस सभापति भागवत ज्ञवालीको अल्सर रोगबाट निधन भएको छ । विगत केही समयदेखि उनि उक्त रोगबाट पीडित हुँदै आएका थिए । पूर्वसांसद समेत रहेका उनको उपचारको क्रममा आज बिहान ललितपुरको अल्का अस्पतालमा निधन भएको हो ।

विसं २००१ कात्तिक १ गते गुल्मीमा जन्मिएका उनि २०४८ सालको निर्वाचनमा सोही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । नेपाली कांग्रेसले गुल्मीका अग्रज, निष्ठावान् एवं अभिभाव ज्ञवालीको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा महत्वपूर्ण क्षति पुगेको जनाएको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज शोक वक्तव्य जारी गर्दै ज्ञवालीको निधनले आफूलाई दुःखित र स्तब्ध बनाएको जनाएका छन् ।

प्रतिक्रिया