यशकुमारले ल्याए ‘तिम्रो मुटुमा’

काठमाडौं । गायक एकदेव लिम्बूको स्वरमा रहेको गीत ‘तिम्रो मुटुमा’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ ।

गायक यशकुमारको शब्द तथा संगीतमा रहेको गीतको फिमेल भर्सनमा सुनिता थेगेमले आवाज भरेकी छन् । यसअघि एकदेव लिम्बूको स्वरमा रहेको उक्त गीतलाई उनकै बहिनी सुनिताले गाएकी हुन् । सुनिताले यसअघि बोल बोल पाखाहरू, तिमीले त मायामा, ए कान्छा लगायतका गीत गाइसकेकी छन् ।

गायक तथा अभिनेता यशकुमारको शब्द तथा संगीत रहेको गीत ‘सिउँदोमा’ गीत गाएपछि गायक एकदेव एकाएक चर्चामा आएका थिए । गीतको भिडियोमा गायक यशकुमार, गायिका सुनिता र रियसाको अभिनय छ । गीतको भिडियोको कन्सेप्ट यशकुमारकै रहेको छ भने भिडियोलाई गोङ्बाले निर्देशन गरेका हुन् । गीतलाई यशकुमारको आधिकारिक युट्युब च्यानल रिदम फिल्मबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया