कृषि पेशाबाटै आत्मनिर्भर

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–७ गच्छेखोलमा मिश्रित कृषि तथा श्रेया गाई फर्म सञ्चालन गर्दै आएका मधु केसी विगत १० वर्षदेखि निरन्तर कृषि तथा पशुपालन व्यवसायबाट मनग्य आम्दानी गरी कृषि पेशामै आत्मनिर्भर भएको बताउँछन् ।

बारीभरी तरकारी, पशुचौपायाले गोठ भरिएको देखिन्छ मधुले सुरुमा बिदेश जाने योजना लाई छोडे,सुरुमा एउटा गाईवाट आफनो कृर्षिको योजना सुरु गरे गाई फमको बिकास गदै,अहिले १२ वटा गाईपालन च्याँउ खेती, तरकारी खेतीमा रमाएका छन् ।

किसान केसीले जिल्लाको सरमुकाम सन्धिखर्कमै उत्पादित वस्तुको बिक्री वितरण गर्दै आएका छन् । उनले यो पेसामा आपूm मनैदेखि सबै परिवार लागेकोले सन्तुष्टि मिलेको बताए । मधुले भने, विभिन्न चुनौतीहरू पार गर्दै यहाँसम्म आइपुगेको बताउँछन् ।

उनले भने, ‘सुरुमा च्याउ खाए मरिन्छ, गाईको दूध खान हुन्न भन्ने खालको सामाजिक रूपमै गलत खालको प्रचार र मानसिकतालाई चेन्ज गर्दै अहिले यो स्थानमा आएको छु गरेपछि हुन्छ भन्ने मलाई विश्वास छ ।’

किसान केसीले अगाडि भने, एक किलो काक्रो ५० रुपैयाँमा किनेर १ सय ५० सम्ममा पनि किनबेच गरे बिचौलियाले मसँग उदाहरण नै छ । कृषिमा थुपै्र खालका समस्या छन् राज्यले नीति निर्माणदेखि अनुगमनको कार्यलाई व्यवस्थित गर्नुपर्छ, उत्पादित बस्तुको राज्यले ग्यारेन्टी गर्नुपर्छ, कृषिमा बिचौलियाका बिगबिगी हटाउनु पर्छ ।

टम्म रहरलाग्दा बन्दा, लटरम्म टमाटर र विभिन्न खालका मौसमी तथा बेमौसमी तरकारीहरू, च्याउखेती र गाई तथा भैँसीपालन गर्दै आएका किसान केसीले मासिक रूपमा एक लाखभन्दा धेरै घरमै बसेर बचाएको बताउँछन् । नयाँ प्रविधिबाट पनि च्याउँखेती गरेका छन् । लोभलाग्दो च्याउ खेती गरेका केसीले, काठको दाउराहरूमा खोपेर च्याउको बिउ रोपी निकै लोभलाग्दो गरी च्याउ उत्पादन गरेका छन ।

आधुनिक तथा व्यावसायिक रूपमा कृषि तथा पशुपालन गरेमा सफल हुन समस्या छैन कृषि तथा पशुपालनमा नयाँ प्रविधिको विकासले गर्दा पछिल्लो समय यो पेसा पनि सजिलो बन्दै गएको छ । राज्यले उत्पादित कृषि उपजहरूको जिम्मा लिने वातावरण मिलाउनुपर्छ यस्तो कार्यले राज्य र किसान दुवैलाई फाइदा नै हुन्छ ।

प्रतिक्रिया