‘ज्योति लाइफ द एमेजिङ मोटर र्याली’ सम्पन्न

काठमाडौं । ग्रुप अफ होटल्स,रोटरी क्लब अफ बागमती काठमाडौं र ज्योति केयर्स द्वरा आयोजित ‘ज्योति लाइफ द एमेजिङ मोटर र्याली २०२०’ सम्पन्न भएको छ । विश्वक्यान्सर दिवसको अवसरमा ‘आइएम एन्ड आई वील क्रिएट अ वल्र्ड विड्आउट क्यान्सर’ भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रम मार्फत भिजिट नेपाल २०२० को प्रर्वद्धन पनि गरिएको थियो ।

नेपाल टुरिजम बोर्डको प्रांगणबाट क्यान्सर जनचेतनासम्बन्धी स्टिकरहरू द्वारा सुुसजित गाडीहरूलाई काठमाडौं ग्रुप अफ होटल्सका झण्डोत्तोलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । नेपाल टुरिजम बार्डबाट निस्किएका गाडीहरू थानकोट, चुम्लिङ्गटार, दमौली हुँदै पोखरासम्मविभिन्न चेक प्वाइन्टहरूमा आयोजित खेलहरूमा सहभागी हुँदै समापन भएको थियो ।

सम्पूर्ण गाडीहरूमा जिपि एस जडान गरी गाडीहरू चेकप्वान्ट पार गरे नगरेको निरीक्षण गर्नुका साथै नियमानुसार प्रतिघन्टा ८० किमि भए/नभएको निगरानी गरिएको थियो । करिब १० घण्टाको यात्रापछि सम्पूर्ण गाडिहरू पोखरास्थित वाटर फ्रन्ट होटलमा बस्ने प्रावधान गरी साँझ औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रतिक्रिया