थ्री स्टारलाई ललितपुर महानगरबाट १६ लाख

काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो महानगरपालिकाभित्रको पाँच ’ए’ डिभिजन क्लबसहित ११ क्लबलाई आर्थिक सहयोग गरेको छ । ललितपुर महानगरले आइतबार थ्री स्टार क्लबसहित ’ए’ डिभिजनका च्यासल युथ क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाईज क्लबलाई आर्थिक सहयोग गरेको हो ।

महानगरले थ्री स्टारलाई १६ लाख प्रदान गरेको छ । ललितपुरले थ्री स्टारलाई वार्षिक उपलब्ध गराउने सहयोग ४ लाख र ३ प्रतियोगिताको उपाधि जितेवापत थप १२ उपलब्ध गराएको हो । यस्तै च्यासललाई वार्षिक ४ र दुई उपाधि जितेवापत कुल १२ लाख, जावलाखेललाई एक उपाधिसहित ८ लाख उपलब्ध गराएको छ ।

फ्रेन्ड्स र ब्रिगेडलाई भने समान ४–४ लाख उपलब्ध गराएको छ । महानगरले ’बी’ डिभिजन क्लब सातदोबाटो युथ क्लब, पुल्चोक युथ क्लब, खुमलटार युथ क्लब र झम्सिखेल युथ क्लबलाई समान ३–३ लाख उपलब्ध गराएको छ । यस्तै ’सी’ डिभिजनका सानेपा र खालीबारी युथ क्लबलाई २–२ लाख उपलब्ध गराएको छ । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमकोबीच क्लबलाई नगद प्रदान गरेका थिए ।

प्रतिक्रिया