ग्लोबल आइएमइको नयाँ शाखा दिक्तेलमा

काठमाडौं । ग्लोबल आइएमई बैंकको खोटाङ शाखा शुक्रबारदेखि औपचारिक हरूमा सञ्चालनमा आएको छ ।

उक्त शाखाको उद्घाटन संयुक्तरूपमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राई र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरे ।

मेयर रिजालले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी लगायत देशका अन्य ठाउँमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए ।

प्रमुख जिल्ला अधिकारी पौडेलले गाउँमा छरिएर रहेको पुँजीलाई संकलन गरी राष्ट्र निर्माणमा लगाउन आग्रह गरे । खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राईले जिल्लामा छरिएर रहेको पुँजीलाई संकलन गरी जिल्लामै साना तथा मझौला उद्यमको विकास तथा जिल्लाको कृषि क्षेत्रमा लगानी गर्न बैंकलाई सुझाव दिए ।

ग्लोबल आइएमइ बैंकका अध्यक्ष ढकालले बैंकको नयाँ शाखाबाट अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा उपलब्ध हुने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष ढकालले सो क्षेत्रमा जम्मा भएको निक्षेप रकम सोहि क्षेत्रमानै परिचालन र शाखाले आर्जन गरेको नाफाको एक प्रतिशत रकम त्यही क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरूमा खर्च गरिने जानकारी दिए ।

कार्यक्रममा बैंकका वरिष्ठ नायव कार्यकारी अधिकृत महेश शर्मा ढकालले १३ वर्षअघि स्थापना भएको ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिंङ सेवाको पहुँच पु¥याउने उद्देश्यले २७० शाखा, २५६ एटिएम, ३७ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २४९ शाखा रहित बैंकिंङ सेवा र विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना १८ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको जानकारी गराए ।

प्रतिक्रिया