बालाजु अटो वर्कद्वारा आफ्ना प्रिभिलेज मेम्बरलाई सम्मान

काठमाडौं । नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वर्कस्ले आफ्ना ग्राहकहरूको सुविधाका लागि प्रिभिलेज मेम्बरसिप अर्थात् विशेष सदस्यता प्रदान गर्दै आएको छ ।

यस प्रिभिलेज मेम्बरसिप लिएका सदस्यहरूलाई कारोबार रकमको आधारमा पुरस्कृत गर्ने योजनाअन्तर्गत– वर्ष २०७६ को सर्वाधिक कारोबार गर्ने सदस्यका रूपमा सुमो कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङले सर्वोत्कृष्ट उपहार एवम् यस प्रिभिलेज मेम्बरसिपअन्तर्गत सम्पूर्ण ग्राहकहरूलाई बालाजु अटो वर्कस्का प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मा, महिन्द्रा एन्ड महिन्द्राका ग्राहक सेवाप्रबन्धक तपस पटनायकले सम्मान तथा उपहार वितरण गरे । आउँदो दिनमा पनि यस्ता योजनाहरू ल्याउन बालाजु अटो वर्कस् अग्रसर रहिरहने प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्माले बताए ।

प्रतिक्रिया