सुविसुको क्यान इन्फोटेक अफर, २६५४ मै इन्टरनेट र एचडी प्याकेज

काठमाडौं– नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको छ ।

यस अफर अन्र्तगत सेवा ग्राहीले २५ एमवीपएएस इन्टरनेट र फुल एचडी प्याकेज (२७५ प्लस च्यानल, ९५प्लस एसडी) मात्र २६ सय ५४ मै प्राप्त गर्नु हुने छ । जसमा जडान शुल्क देखि डिभाइस एक्टिभेसनको शुल्क समेत समावेश रहेको छ । यसका साथ साथै इन्टरनेट र क्लियर टिभीमा पनि विशेष अफर रहेको छ ।

६ दिनसम्म सञ्चालन हुने क्यानमा सुविसुले आफ्ना सेवाग्राहीको सुविधाका निम्ति ग्राहक साहयता कक्षसमेत समावेश गरेको छ । यसका साथसाथै विभिन्न खेलहरू र आकर्षक पुरस्कारहरूबाट अवलोकनकर्ताले मनोरञ्जन लिन सक्नेछन् ।

प्रतिक्रिया