उत्सवमा जोडौँ खानासँगै सम्बन्धहरूलाई

काठमाडौं । कोका–कोलाले ५औँ कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सियल सार्वजनिक गरेको छ । यस वर्ष, मोःमोःउत्सव मःमभन्दा पर अझै विभिन्न परिकारका नेपाली खानाहरूको उत्सव मनाउँदै छ ।

यो अभियानको ट्यागलाइन ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’ रहेको छ, जसको अर्थ खाना जे भएपनि कोका–कोलाले त्यसको स्वाद बढाएर कुनै पनि क्षणहरूलाई उत्सवमा परिवर्तन गर्दछ । यो टिभीसीमा अभिनेत्री साम्रागी आर.एल. शाह र अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन लगाएत रहेका छन् ।

कोक उपभोक्ताहरूलाई खाना खाने समयमा उनीहरूको साथीहरू र परिवारसँग जोड्ने प्रयास गरेको छ । यसले नेपालीहरूलाई आफ्ना प्रियजनहरूसँग कोकको साथ सामान्य भोजनलाई रमाइलो खानामा परिणत गर्न प्रेरित गर्दछ ।

यस क्याम्पेनका बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘हाम्रो नयाँ क्याम्पेन खाना जे होला स्वाद बढाउन कोका–कोलाले नेपाली संस्कृतिमा खानाको महत्व बुझेर उपभोक्ताहरूलाई मनमा राखेका छौँ ।

यसले सबैलाई जोडेर एकअर्कासँग रमाइलो कुराकानी गर्न लक्षित गरेको छ ।’ कोका–कोला कम्पनीले नेपालका मोःमोःउत्सव पारखीहरूका लागि थुप्रै आश्चर्यहरू तयार पारिसकेको जनाएको छ ।

प्रतिक्रिया