तीन फरक तथ्यांक र आगामी जनगणना २०७८

नेपालमा हरेक १०–१० वर्षमा हुने राष्ट्रिय जनगणनाको तथ्यांक कहिल्यै पनि विश्वास गर्न सकिने, सही र भरपर्दो गरी आउने गरेको छैन ! भन्ने आमभनाइ वा गुनासो रहने गरेको छ । खासगरी, यस्तो गुनासो वा भनाइ नेपालका आदिवासी जनजाति, मातृभाषी, धार्मिक समूह, अल्पसंख्यक, तेस्रो लिंगीलगायतका अगुवाहरूबाट आउने गरेको छ ।

त्यसैले, यहाँ सरसर्ती रूपमा विसं ०४८, विसं ०५८ र विसं ०६८ को तीनवटा जनगणनाबारे केही प्रकाश पार्ने प्रयास गरिएको छ । मसिनो गरी केलाएर सबै कोणबाट लेख्दा धेरै नै लामो हुने भएकोले माथि उल्लेखित तीनवटै जनगणनामा बढ्दै गएका आदिवासी जनजाति (जातिगत संख्या र उनीहरूको जनसंख्या घटबड) र उनीहरूको घट्दै÷बढ्दै गएको जनसंख्याबारे केही लेख्ने जमर्को गरिएको छ ।

विसं ०४८ अर्थात् सन् १९९१ को राष्ट्रिय जनगणनामा उल्लेख भएका नेपालका आदिवासी जनजाति र ती जातिहरूको जनसंख्या तल उल्लेख गरिएको छ ।

(क) हिमाली आदिवासी जनजाति ः थकाली १३ हजार ७३१, भोटे १२ हजार ४६३, शेर्पा १ लाख १० हजार ३५८ । हिमाली आदिवासी जनजातिको जनसंख्याः १ लाख ३६ हजार ५५३ ।

(ख) पहाडी आदिवासी जनजातिः गुङ ४ लाख ४९ हजार १ सय ८९, चेपाङ ३६ हजार ६ सय ५६, जिरेल ४ हजार ८ सय ८९, तामाङ १० लाख १८ हजार २ सय ५२, थामी १९ हजार १ सय ३, नेवार १० लाख ४१ हजार ९०, मगर १३ लाख ३९ हजार ३ सय ०८, राई ! (राई कुनै जात वा जाति नभएर नेपालको भौगोलिक एकीकरणपछि शासकहरूले दिएको पदवी÷पगरी मात्रै भएकोले ! चिन्ह राखिएको हो ।) ५ लाख २५ हजार ५ सय ५१, लिम्बू २ लाख ९७ हजार १ सय ८६, लाप्चा ४ हजार ८ सय २६, सुनुवार ४० हजार ९ सय ३४, अन्य १ लाख ८४ हजार २ सय १६ । पहाडी आदिवासी जनजातिको जनसंख्याः ४७ लाख ७६ हजार ९९३ ।

(ग) भित्री मधेसी आदिवासी जनजातिः कुमाल ७६ हजार ६३५, दनुवार ५० हजार ७५४, दरै १० हजार ७५९, बोटे ६ हजार ७१८, माझी ५५ हजार ५०, राउटे २ हजार ८७८, राजी ३ हजार २७४ । भित्री मधेसी आदिवासी जनजातिको जनसंख्याः २ लाख ६ हजार ६८ ।

(घ) मधेसी आदिवासी जनजातिः गनगाई २ हजार २५२, थारू ११ लाख ९४ हजार २२४, धिमाल १६ हजार ७८१, राजवंशी ८ हजार २१७ अन्यः १ लाख २९ हजार ७७७ । तथ्यांक स्रोतः डोरबहादुर विष्टको ‘सबै जातकोे पूmलबारी’ नामक किताब ।

त्यस्तै, विसं २०५८ अर्थात् सन् २००१ मा उल्लेख भएका नेपालका समग्र आदिवासी जनजातिको जनसंख्या र थप भएका नयाँ आदिवासी जनजातिको जातिगत तथ्यांक पनि तल उल्लेख गरिएको छ ।

(क) हिमाली आदिवासी जनजातिः थकाली १२ हजार ९७३, भोटे १२ हजार ४६३, शेर्पा १ लाख ५४ हजार ६२२, व्यासी २ हजार १०३, वालुङ १ हजार १४८ । हिमाली आदिवासी जनजातिको जनसंख्याः १ लाख ९२ हजार ९ । यसरी हेर्दा विसं ०५८ को राष्ट्रिय जनगणनामा ब्यासी र वालुङ गरी दुई हिमाली आदिवासी जनजाति थपिएको देखिन्छ भने, हिमाली आदिवासी जनजातिको जनसंख्या १ लाख ८३ हजार ३ सय ९ रहेको थियो ।

(ख) पहाडी आदिवासी जनजाति ः मगर १६ लाख २२ हजार ४ सय २१, तामाङ १२ लाख ८२ हजार ३०४, नेवार १२ लाख ४५ हजार २३२, राई ! ६ (राई कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शासकहरूले दिएको पदवी÷पगरी मात्रै भएकोले ! चिन्ह राखिएको हो ।) लाख ३५ हजार १५१, गुरुङ ५ लाख ४३ हजार ५७१, लिम्बु ३ लाख ५९ हजार ३७९, घर्ती÷भुजेल १ लाख १७ हजार ५६८, सुनुवार ९५ हजार २५४, चेपाङ÷प्रजा ५२ हजार २३७, थामी २२ हजार ९९९, याक्खा १७ हजार ३, पहरी ११ हजार ५०५, छन्त्याल ९ हजार ८१४, बराम ७ हजार ३८३, जिरेल ५ हजार ३१६, दुरा ५ हजार १६९, लाप्चा ३ हजार ६६०, हायु, १ हजार ८२१, ह्योल्मो ५७९, कुसुन्डा १६४ ।

यसरी हेर्दा विसं २०५८ अर्थात् सन् २००१ को राष्ट्रिय जनगणगनामा पहाडी आदिवासी जनजातिमा घर्ती÷भुजेल, याक्खा, पहरी, छन्त्याल, बराम, ह्योल्मो गरी ६ वटा नयाँ जाति थपिएको थियो भने पहाडी आदिवासी जनजातिको जनसंख्या ५४ लाख ६६ हजार ४६३ रहेको थियो ।

(ग) भित्री मधेसी आदिवसी जनजातिः कुमाल ९९ हजार ३८९, माझी ७२ हजार ६१४, दनुवार ५३ हजार २२९, दरै १४ हजार ८५९, बोटे ७ हजार ९६९, राजी २ हजार ३९९, राउटे ६५८ । विसं २०५८ को जनगणनामा भित्री मधेसी आदिवासी जनजातिको जातिगत संख्या बढेको देखिँदैन भने जनसंख्या २ लाख ५१ हजार १४९ रहेको थियो ।

(घ) मधेसी आदिवासी जनजातिः थारू १५ लाख ३३ हजार ८७९, राजवंशी ९५ हजार ८१२, सन्थाल÷सतार ४२ हजार ६९८, गनगाई ३१ हजार ३१८, धिमाल १९ हजार ५३७, ताजपुरिया १३ हजार २५०, मेचे ३ हजार ७६३, किसान २ हजार ८७६, कोचे १ हजार ४२९, मुन्डा ६६० ।

२०४८ को जनगणनामा मधेसमा थारू, धिमाल र राजवंशी मात्रै आदिवासी जनजातिको रूपमा रहेका थिए भने, २०५८ को जनगणनामा सन्थाल÷सतार, गनगाई, ताजपुरिया, मेचे, किसान, कोचे र मुन्डा गरी ७ वटा नयाँ जातिका रूपमा आए । उनीहरूको जनसंख्या १७ लाख ४५ हजार २२४ रहेको थियो । यसरी विसं २०५८ मा पहिचान खुलेका नेपालका आदिवासी जनजातिको जनसंख्या ६७ लाख ४६ हजार १५५ रहेको थियो ।

यस्तै यहाँ विसं २०६८ अर्थात् सन् २०११ को राष्ट्रिय जनगणनामा आएको आदिवासी जनजातिको जातिगत संख्या र उनीहरूको जनसंख्याको पनि वर्णन गएिको छ ।

(क) हिमाली आदिवासी जनजाति ः थकाली १३ हजार २१५, भोटे १३ हजार ३९७, शेर्पा १ लाख १२ हजार ९४६, डोल्पो ४ हजार १०७, ल्होपा २ हजार ६२४, ब्यासी÷सौका ३ हजार ८९५, तोप्केगोला १ हजार ५२३, वालुङ १ हजार २४९, ल्होमी १ हजार ६१४ । यसरी हेर्दा २०५८ मा ब्यासी र वालुङ गरी दुई हिमाली आदिवासी जनजाति थपिएका थिए भने, २०६८ को जनगणनामा डोल्पो, तोप्केगोला, ल्होमी र ल्होपा गरी ४ वटा हिमाली आदिवासी जनजाति नयाँ जातिको रूपमा थपिए । उनीहरूको जनसंख्या १ लाख ५४ हजार ५७४ रहेको थियो ।

(ख) पहाडी आदिवासी जनजाति ः मगर १८ लाख ८७ हजार ७३३, तामाङ १५ लाख ३९ हजार ८३०, नेवार १३ लाख २१ हजार ९३३, राई ! ६ (राई कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शासकहरूले दिएको पदवी÷पगरी मात्रै भएकोले ! चिन्ह राखिएको हो ।) लाख २० हजार ४, गुरूङ ५ लाख २२ हजार ६४१, लिम्बू

३ लाख ८७ हजार ३००, घर्ती÷भुजेल १ लाख १८ हजार ६५०, सुनुवार ५५ हजार ७१२, चेपाङ÷प्रजा ६८ हजार ३९९, थामी २८ हजार ६७१, याक्खा २४ हजार ३३६, पहरी १३ हजार ६१५, छन्त्याल ११ हजार ८१०, बराम ८ हजार १४०, जिरेल ५ हजार ७७४, दुरा ५ हजार ३९४, लाप्चा ३ हजार ४४५, हायु, २ हजार ९२५, ह्योल्मो १० हजार ७५२, कुसुन्डा २७३, कुलुङ २८ हजार ६१३, घले २२ हजार ८८१, खवास १८ हजार ५१३, नाछिरिङ ७ हजार १५४, याम्फु ६ हजार ९३३, चाम्लिङ ६ हजार ६६८, आठपहरिया ५ हजार ९७७, बान्तावा ४ हजार ६०४, थुलुङ ३ हजार ५३५, मेवाहाङ ३ हजार १००, बाहिङ ३ हजार ९६, साम्पाङ १ जार ६८१, खालिङ १ हजार ५७१, लोहोरूङ १ हजार १५३ ।

२०५८ को जनगणनामा पहाडी आदिवासी जनजातिमा घर्ती÷भुजेल, याक्खा, पहरी, छन्त्याल, बराम, ह्योल्मो गरी ६ वटा जाति थपिएका थिए भने, २०६८ को ११ अनौं जनणनादेखि पहिले–पहिलेको जनगणनामा राई ! जातिमा गाभिने गरेको कुलुङ लगायत १२ वटा किरातीहरू एवं घले र खवास गरी १४ वटा नयाँ जातिहरू थपिए भने, २०६८ को जनगणनामा पहाडी आदिवासी जनजातिको जनसंख्या ६७ लाख ५२ हजार ८१९ रहेको छ ।

(ग) भित्री मधेसी आदिवसी जनजातिः कुमाल १ लाख २१ हजार १९६, माझी ८३ हजार ७२७, दनुवार ८४ हजार ११५, दरै १६ हजार ७८९, बोटे १० हजार ३९७, राजी ४ हजार २३५, राउटे ६१८ । भित्री मधेसको जनसंख्या ३ लाख २१ हजार १७६ रहेको छ ।

(घ) मधेसी आदिवासी जनजातिः थारू १७ लाख ३७ हजार ४७०, राजवंशी १ लाख ५२ हजार २४२, सन्थाल÷सतार ५१ हजार ७३५, गनगाई ३६ हजार ९८८, धिमाल २६ हजार २९८, ताजपुरिया १९ हजार २१३, मेचे ४ हजार ८६७, किसान १ हजार ७३९, कोचे १ हजार ६३५, मुन्डा २ हजार ३५० । २०६८ को जनगणनामा मधेसी आदिवासी जनजातिको संख्या थपघट भएको देखिदैन । मधेसी आदिवासी जनजातिको जनसंख्या भने २० लाख ३४ हजार ६९५ पुगेको छ । आदीवासी जनजातीको जनसंख्या ९२ लाख ६३ हजार २६९ रहेको छ ।

विसं २०४८ को जनगणनाको तथ्यांकलाई आधार मानेर हेर्दा त्यो वेला हिमाली आदिवासी जनजाति ३ वटा, पहाडी आदिवासी जनजाति ११, भित्री मधेसी आदिवासी जनजाति ७ वटा र मधेसी आदिवासी जनजाति ४ वटा गरी २५ वटा जातिहरू कुन जाति हो ? भनी जातीय स्वपहिचान खुलेको आदिवासी जनजातिको रूपमा रहेको थियो भने, २०५८ मा नेपालको आदिवासी जनजातिको जातिगत संख्या बढेर हिमाली आदिवासी जनजाति ५, पहाडी आदिवासी जनजाति २०, भित्री मधेसी आदिवासी जनजाति ७ र मधेसी आदिवासी जनजाति १० गरी गरी ४२ वटा जातिहरू कुन जाति हो ? भनी जातीय स्वपहिचान खुलेको आदिवासी जनजातिको रूपमा रहेको थियो ।

प्रतिक्रिया