राष्ट्रिय गानविनै प्रदेश प्रमुखकाे कार्यक्रम

बुटवल । प्रदेश सरकार गठन भएको दुई वर्ष पुगेको उपलक्ष्यमा प्रदेश सरकारले आइतबार बिहान बुटवलको बहुमुखी क्याम्पसमा औपचारिक कार्यक्रमको आयोजना ग¥यो ।

विभिन्न क्षेत्रमा योगदान दिएका ३५ जनालाई प्रदेश रत्न बाट विभुसित पनि ग¥र्यो । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशले गरेका कामको केही बेलिविस्तार गराए । सोही कार्यक्रममा प्रदेश प्रमुख धर्मनाथ यादव उपस्थित भए पनि उनको सम्बोधन भएन । शनिबारै साँझ प्रदेश प्रमुख धर्मनाथ यादवले रात्रि भोजको आयोजनामा उनको सम्बोधन गर्ने कार्यतालिका तय भए पनि उनले सम्बोधन गरेनन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले आफ्नो कार्यकालमा पहिलोपटक रात्रिभोजको आयोजना गरेका हुन् । प्रदेशको पहिलो स्थापना दिवसको अवसरमा तत्कालीन प्रदेश प्रमुख उमाकान्त झाले पनि रात्रिभोज दिएका थिए । तर, पहिलो स्थापना दिवसमा भन्दा दोस्रो स्थापना दिवसमा दिइएको रात्रिभोज बारे पनि अहिले टीकाटिप्पणी सुरु भएको छ ।

स्थापना दिवसको अवसरमा रात्रिभोज दिनुअघि औपचारिक कार्यक्रमसमेत गरियो । तर, सोही कार्यक्रम राष्ट्रिय गीत र सहिदलाई नसम्झी गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवको कार्यकुशलतामाथि जनताहरूले ‘अपरिपक्क’ भन्दै टिप्पणी गरेका छन् । त्यति मात्र होइन औपचारिक कार्यक्रममा सहिद सम्झेर मौनधारण नगरिनु र राष्ट्रिय गानसमेत नबजाउनुलाई अर्थपूर्ण तरिकाले बुझिएको छ ।

साँझ ६ः३० बजे मुख्यमन्त्री शंकर पोखरेल पुग्न साथ कार्यक्रम सुरु भए पनि राष्ट्रिय गीत पनि कार्यक्रममा बजाइएन भने मौनधारणासमेत गराइएन् । सामान्य उच्च ओहोदाका पदाधिकारीबाट आयोजना गरिने कार्यक्रम एवं विशिष्टकृत व्यक्तित्वहरू भएका ठाउँमा आयोजना हुने कार्यक्रममा राष्ट्रिय गीत र सहिदको सम्झना कार्यक्रमको सेडुलमा पार्ने गरिन्छ । तर, रात्रिभोजमा भने दुवै कार्यक्रम नभई सिधै पुस्तक विमोजनबाट सुरु भएको थियो । त्यसपछि कार्यक्रममा प्रदेश प्रमुख यादवले शुभकामना मन्तव्य दिए र रात्रिभोज गरेका थिए ।

पुस्तक विमोचनसहित औपचारिक कार्यक्रम गरेपछि राष्ट्रिय गान नबजेकोमा कमजोरी भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेशसभा सदस्य भोप्रसाद श्रेष्ठ बताउँछन् । प्रदेशसभामा नेपाली कांग्रेसका सभासद बैजनाथ कलवार पनि राष्ट्रिय गान नबजेकोमा कार्यक्रम नै खल्लो लागेको बताउँछन् । जसका कारणले प्रदेश पायौँ, उनै सहिद नसम्झनु गलत भएको कलवारको भनाइ छ ।

प्रतिक्रिया