पूर्वसभामुख महराको मुद्दामा अन्तिम फैसला भोली हुने

काठमाडौं । करणी मुद्दाका आरोपी पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दाको बहस आज सकिएको छ । तर, दुवै पक्षको बहस आज सकिए पनि समय अपुग भएका कारण भोली सोमबार मात्रै अन्तिम फैसला हुने काठमाडौँ जिल्ला अदालतले जनाएको छ ।

बलात्कार प्रयास अभियोगमा पुर्पक्षका लागि पूर्वसभामुख महरा थुनामा रहेका छन् । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजलाशमा अन्तिम सुनुवाइ सकिए पनि मुद्दाको फैसला लेख्न समय अपुग भएपछि भोलिसम्मलाई हेर्दाहेर्दैमा राखिएको हो ।

महराको पक्षमा अधिवक्ताहरू लवप्रसाद मैनाली, रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, डा. भीमार्जून आचार्य र सबिता भण्डारी बरालले बहस गरेका थिए । त्यसैगरि अधिवक्ताहरू सुशील सापकोटा, मुरारी सापकोटा, डा. दिनमणि पोखरेलले पनि महराको पक्षबाट बहस गरे । सरकारी वकिलहरुले बहस गरिसकेपछि महराको पक्षबाट बहस भएको थियो ।

प्रतिक्रिया