करणी मुद्दाका आरोपी महरामाथि सुनुवाइ चल्दै, बहस सकिए अन्तिम फैसला

काठमाडौँ । सरकारी कर्मचारी महिला रोशनी शाहीमाथि यौन दुर्व्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज जिल्ला अदालतमा अन्तिम सुनुवाइ चलिरहेको छ ।

महराको मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा सुनुवाइ चलिरहेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले बताए ।

उनकाअनुसार अहिले बहस चलिरहेको र बहस सकिएपछि अन्तिम फैसला हुनेछ । महिलामाथि करणी गरेको अभियोगमा महरा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका छन् । अरू कुनै कुरा झिकाउने आदेश नभए आजै फैसला हुने जिल्ला अदालत काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया