पूजासँग रोमान्स गर्दै सलमान

मुम्बई । बलिउड अभिनेता सलमान खानको नयाँ चलचित्र ‘कभी इद, कभी दिवाली’ को मुख्य अभिनेत्रीका रूपमा पूजा हेगडेको टुंगो लागेको छ । चलचित्र ‘हाउसफुल–४’ कि अभिनेत्री पूजालाई निर्माण पक्षले फाइनल गरेको हो । बलिउड समीक्षक एवं व्यापार विश्लेषक तरण आदर्शले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा पूजाको तस्बिर सेयर गर्दै उनले चलचित्रमा काम गर्ने पक्का भएको जानकारी दिएका छन् ।

पारिवारिक चलचित्र भनिएको यो चलचित्र अहिले वर्कसपको चरणमा रहेको जनाइएको छ । निर्माता साजित नाडिवालाले चलचित्रमा पूजा सलमानकी प्रेमिकाको भूमिकामा रहनेछन् । चलचित्रमा उनको स्वभाव सलमानको पात्रभन्दा विल्कुल फरक हुनेछ । फरहद सामजीले निर्देशन गर्ने यो चलचित्र सन् २०२१ को इदमा रिलिज गर्ने जनाइएको छ ।

प्रतिक्रिया