काठमाडाैं भ्यू टावरको सहर बन्दै

वास्तविक धरहरा निर्माण गर्ने हो भने पुरानो भत्केको धरहरालाई नै पुरानै शैलीमा पुननिर्माण गर्न पर्छ भनेर पनि अधिकाश नागरिकहरूको भनाइ छ । सरकारले धरहरा पुनर्निर्माण भनेर व्यवसायिक भ्युटावर निर्माण गरेर नागरिकलाई भ्रममा पारिरहेको बताउँछन् सरोकारवालाहरू 

मेरो धरहरा म आफैँ बनाउँछु भनेर प्रधानमन्त्री के पि ओलीले भन्नुभएको थियो । अहिले ४ अर्बको लगानीमा २२ तल्लाको लिफ्टेड धरहरा बनाइँदै छ । कतिपयको भनाइमा प्रधानमन्त्रीले मेरो धरहरा म आफैँ बनाउँछु भन्नु भएकोले धरहरा वहाँको निज खर्चले बनाउन पर्ने होइन र ? भनेर पनि व्यङ्ग गर्ने गरेका छन् । काठमाडाैं सहरको मुटु ऐतिहासिक सांस्कृतिक लु हिटि सुन्धारा भएको स्थानमा बनाउँदै गरेको व्यवसायिक धरहारालाई स्थानीयहरूले र सम्पदा अभियन्ताहरूले एैतिहासिक धरहरा मान्न तयार छैनन् कतिपयले यसलाई व्यवसायिक भ्यु टावर र झिल्के टावर आदि नाम दिने गरेका छन् । त्यसोत वास्तविक धरहरा निर्माण गर्ने हो भने पुरानो भत्केको धरहरालाई नै पुरानै शैलीमा पुननिर्माण गर्न पर्छ भनेर पनि अधिकांश नागरिकहरूको भनाइ छ । सरकारले धरहरा पुननिर्माण भनेर व्यावसायिक भ्युटावर निर्माण गरेर नागरिकलाई भ्रममा पारिरहेको बताउँछन् सरोकारवालाहरू ।

पछिल्लो समयमा ऐतिहासिक सांस्कृतिक सम्पदाको सहर काठमाडौ सहरलाई भ्यु टावरको सहर बनाइँदै छ । काठमाडौको मुख्य—मुख्य सहरहरू पुराना आवासीय स्थानहरूमा ठूला ठूला भवनहरू भ्यु टावरहरू धमाधम निर्माण भइरहेका छन् । काठमाडौंको मुटु सुन्धारा खिचापोखरिमा २२ तल्लाको व्यवसायिाक धरहरा भन्ने भ्यु टावर निर्माण भइरहेको छ । भने काठमाडौंको पुरानो बसपार्कमा २५ तल्लको भ्यु टावर निर्माण भइरहेको छ । यो भ्यु टावर निर्माण सम्झौता भएको ४ वर्ष बितिसक्दा पनि जग खन्ने कामसमेत पूरा भएको छैन तर पनि काठमाडांै महानगर भने हेरेको हरै भइरहेको छ , लाटाले पापा हेरेजस्तै ।

भ्युटावर सहितको बसपार्क निर्माण गर्ने ठेक्का लिएका ठेकेदारले स्थानिय सरकारलाई नै घुमाइरहेका छन् , तर स्थानीय सरकार भनिने काठमाडाैं महानगर भने लाचार छन् भन्दा पनि फरक नपर्ला । पुरानो बसपार्कलाई वीर अस्पताल अगाडिको खुल्लामञ्चमा राखिरहेको पनि ४ वर्षभन्दा बढी भइसकेको छ । वीर अस्पतालका बिरामीहरू त्यहाँको प्रदूषणले आजित भइसकेका छन् । त्यसैगरी, आवासीयस्थल काठमाडौंको कमलादीमा २५ तल्लाको व्यावसायिक भ्युटावर स्काइवाक टावर बनाइँदै छ । त्यसैगरी, चोभारमा अन्तर्राष्ट्रियस्तरको सममेलन केन्द्र बनाउने सरकारको योजना छ । काठमाडौं सहरलाई ऐतिहासिक सांस्कृतिक सम्पदाको सहर बनाउनको सट्टा भ्यु टावरको सहर बनाउन तल्लीन छन् सरकार र सम्बन्धित सरोकारवालाहरू ।

कला संस्कृति तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण सहर, मन्दिरै मन्दिरको सहर काठमाडौं सहरलाई पछिल्लो समयमा भ्यु टावरको सहर बनाइँदैछ । काठमाडौं उपत्यकाको टोलटोल सम्पदायुक्त छ टोल टोलमा मन्दिरहरू भेटिन्छन् यस्ता ऐतिहासिक सांस्कृतिक पुरातात्विक कला संस्कृतिको सम्पदाको जीवित देवी कुमारीको सहर भनेर विश्वमा नै चिरपरिचित काठमाडाैं सहरलाई सम्पदामैत्री हेरिटेज सिटी बनाउनुपर्नेमा सत्तासीनहरू भ्यु टावरको सहर बनाउन तल्लीन देखिएका छन् ।

विभिन्न राजनितिकदलहरू सरकार स्थानिय सरकार भूमाफिया भनिनेहरू र सांसदहरू समेत सम्पदाको सहर काठमाडाैं सहरलाई भ्यु टावरको सहरमा परिवर्तन गर्न लागिपरेका छन् । विदेशी पर्यटकहरू नेपालमा खासगरी काठमाडांै उपत्यकाका ऐतिहासिक धार्मिक सांस्कृतिक सम्पदा कला सस्कृति आदि हेर्न आउने हुन् । ठूला ठला भवनहरू भ्यु टावरहरू हेर्नका लागि आउने होइनन् । यति कुराको पनि सरकारले हेक्का राख्न सकेको देखिएन ।

विभिन्न राजनितिक दलहरू, सांसदहरू, संघीय सरकार, स्थानिय सरकार, केहि कलाकर्मिहरू समेत काठमाडौलाई मात्र नभइ देशमा नै ठुला ठला भवनहरूका पक्षमा छन्् । धेरै तलाका व्यवसायिक भ्यु टावरहरू, २५ हजार दर्शक अट्ने अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाहरू निर्माण गर्ने, पानीजहाज मोनो रेल, मेट्रोरेल रेल केवरकार निर्माण गर्ने लाइनै देशको विकाश, देशको समृद्धि ठान्ने नेता तथा उच्च पदस्थ कर्मचारीको संख्या नेपालमा ठूलो छ । यिनिहरूलाई देशका जनता आमनागरिकहरूको समस्या, इच्छा, आकांक्षा, अपेक्षा आवश्यकताबारे बोध छैन ।

नागरिकहरूलाई दैनिकी चलाउनको लागि आबश्यक पानी, बाटो, ढल ,शिक्षा स्वास्थ्य रोजगार यातायात औषधि लगायतका प्राथमिकताका बस्तुहरूलाइ सर्वसुलभ तरिकाले उपलब्ध गराउन सरकारले सकिरहेको छैन । अहिलेको अवस्थामा सुनदेखि नुन सम्म विदेशबाट ल्याउनुपरिरहेको छ । ग्यास पेटोल मटितेल आदि मात्र नभइ तरकारी फलपूmल आदि समेत विदेशवाट नआए नेपालीहरूले खान मुस्किल पर्ने भइसकेको छ ।

खोइ त सरकारको यतापटि ध्यान गएको ? खोइ त कृषि उत्पादन बढाउनको लागि उद्योग ? फैक्टरिहरू चलाउनको लागि पूर्वाधारहरूको विकाश गरेको खोइ त ? त्यसोत मोफशलका जिल्लाहरूमा मात्र नभई काठमाडौंका सरकारी अस्पतालहरूमा समेत स्वास्थ्यकर्मीहरूको अभाव छ । अस्पतालहरूमा उपकरणहरूको अभाब छ । सर्वसाधारण बिरामीहरूका लागि आइसियूमा बेड पाउन सजिलो छैन । तर, सरकार भने ४ अर्ब खर्चेर धरहरा निर्माण गर्दैछ पानीजहाज रेल चलाउने कुराहरू गर्दै छ । सत्तासीनहरूको बुद्धि कहिले फिर्ने हो ?

प्रतिक्रिया